पूर्वाधार वाच, काठमाडौं ।
नेपाल होटल संघ ‘हान’का अध्यक्ष विनायक शाहले नेपालका लागि दिगो रुपमा विदेशी मुद्रा आर्जनको मुख्य श्रोत पर्यटन क्षेत्र रहेको बताएका छन् ।
पर्यटन दिवसको अवसरमा काठमाडौंमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । उनले राज्यले घोषणा गरेको पर्यटन दशकलाई सार्थक बनाउन होटल संघ लगायत सम्बन्धित संघ संस्थाहरु टुगेदर फर टुरिजमको नाराका साथ अघि बढिरहेको बताए ।
उनले सरकारसँग काँधमा काँध मिलाएर अघि बढ्न आफूहरु तयार रहेको बताए । उनले सबै मिले मौ देश बनाउन सकिने भन्दै एकजुट भएर काम गर्नुपर्ने आवश्यकता रहेको बताए ।
उनले नयाँ विमानस्थलहरु भैरहवा र पोखरालाई पूर्ण रुपमा सञ्चालनमा ल्याउनसके मुलुकमा पर्यटन आगमन आजको अवस्था भन्दा दोब्बर हुने विश्वास व्यक्त गरे।
उनले भने, ‘दिगो रुपमा विदेशी मुद्रा आर्जनको मुख्य श्रोत पनि पर्यटन नै हो । राज्यले घोषणा गरेको पर्यटन दशकलाई सार्थक बनाउन, राज्यले अवलम्वन गरेका नीति र कार्यक्रमहरुमा होटल संघ लगायत हामी सबै पर्यटन व्यवसायमा लाग्नेहरु टुगेदर फर टुरिजमको नाराका साथ सम्बन्धित संघसंस्था सबैले काँधमा काँध मिलाएर सहकार्य गरी यो देशको उन्नति र प्रगतिको लागि अघि बढेका छौँ । नयाँ विमानस्थलहरु भैरहवा र पोखरालाई पनि पूर्ण रुपमा सञ्चालनमा ल्याउनसके मुलुकमा पर्यटन आगमन आजको अवस्था भन्दा दोब्बर हुनसक्छन् ।’
अध्यक्ष शाहले तर्जुमाको क्रममा रहेको पर्यटन नीति, पर्यटन ऐन समग्र पर्यटन विकास, विस्तार र सुदृढिकरण जोड दिनेगरी बन्नेमा आशावादी रहेको बताए । – न्युज एजेन्सी नेपाल
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
मन पर्यो (१००%)
मन परेन (०%)
तटस्थ (०%)
रिस उठ्यो(०%)












प्रतिक्रिया दिनुहोस्