पूर्वाधार वाच,काठमाडौं ।
अखिल नेपाल फुटबल संघ ‘एन्फा’ले मकवानपुरमा संचालन गरेको आवासीय व्यवस्था सहितको प्रशिक्षण केन्द्रका ६ खेलाडी पहिरोमा परेका छन् ।
एन्फाले मकवानपुरको इन्द्रसरोवर गाँउपालिका-३ स्थित वात्सल्यदेवी उच्च मा.वि.मा सञ्चालन गरिरहेको आवासीय व्यवस्था सहितको प्रशिक्षण केन्द्रमा रहेका ६ जना खेलाडीहरु क्रमशस् दिवस बाँनिया, प्रियान्स आचाय, साइमन योञ्जन, अनुपम घलान, विकल रेग्मी, आदिप्य वालमपाकी शनिबार विहान करिब ६:३० बजे उक्त स्थानबाट अन्यन्त्र तर्फ लाग्ने क्रममा पहिरोमा परेको जानकारी दिएको छ ।
बेपत्ता ६ मध्ये तीन जनाको शव भेटिएको र तीन बेपत्ता रहेका मकवानपुर जिल्ला फुटबल संघका अध्यक्ष टिकाराम लामाले जानकारी दिएका छन् ।
एन्फाले यस प्राकृतिक विपत्तिका क्रममा दुर्घटनामा परि सम्पर्क विहिन भएका खेलाडीहरुको खोजी कार्य जारी रहेको र उक्त स्थानमा रहेका अन्य खेलाडीहरु हाल सुरक्षित स्थानमा राखिएको जानकारी गराएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
मन पर्यो (१००%)
मन परेन (०%)
तटस्थ (०%)
रिस उठ्यो(०%)












प्रतिक्रिया दिनुहोस्