पूर्वाधार वाच, काठमाडौं ।
सरकारले अहिले सञ्चालन भइरहेका सबै तहको परीक्षा स्थगित गर्ने निर्णय गरेको छ ।
अविरल वर्षासँगै देशका विभिन्न भागमा बाढी, पहिरो र डुबानका कारण ठूलो जनधनको क्षति भइरहेका बेला कार्यबहाक प्रधानमन्त्री प्रकाशमान सिंहले बोलाएको सुरक्षा अंगका प्रमुखहरुसहितको मन्त्रीहरुको आपतकालीन समन्वयात्मक बैठकले तत्कालका लागि हाल सञ्चालन भइरहेका सबै तहको परीक्षा स्थगित गर्ने निर्णय गरेको हो ।
प्राकृतिक विपद्मा परेका बेला अहिले भइरहेका परीक्षाहरु हालका लागि थोरै समयका लागि भएपनि स्थगन गर्ने निर्णय गरिएको नेपाल सरकार प्रवक्ता समेत रहेएका एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले जानकारी दिए ।
उनले भने, ‘अहिले भईरहेका परीक्षाहरु हालका लागि स्थगन गर्ने निर्णय भएको छ । त्यो थोरै समयको लागि हो ।’
बाढी, पहिरो र डुबानका कारण ठूलो जनधनको क्षति भएपछि सरकारले हाल संचालनमा रहेका सबै परीक्षाहरु स्थगित गर्ने निर्णय गरेको हो । – न्युज एजेन्सी नेपाल
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
मन पर्यो (१००%)
मन परेन (०%)
तटस्थ (०%)
रिस उठ्यो(०%)












प्रतिक्रिया दिनुहोस्