images
images
images

अस्ट्रेलियाको मुद्रास्फीति ३ वर्षकै न्युन

images

पूर्वाधार वाच, काठमाडौं।

अस्ट्रेलियाको वार्षिक मुद्रास्फीति दर तीन वर्षयताकै न्युन स्तरमा झरेको छ । अष्ट्रेलियाको तथ्याङ्क ब्यूरो ‘एबीएस’द्वारा प्रकाशित आधिकारिक तथ्याङ्कले अष्ट्रेलियामा मुद्रास्फीतिको हेडलाइन मापन उपभोक्ता मूल्य सूचकांक ‘सीपीआई’ अगस्टको १२ महिनामा २.७ प्रतिशतले बढेको खुलासा गरेको छ ।

यसले जुलाईमा १२ महिनामा ३.५ प्रतिशतबाट घटेको र अगस्ट २०२१ पछिको सबैभन्दा कम वार्षिक सीपीआई वृद्धिलाई चिन्हित गरेको छ । अस्ट्रेलियन ब्रोडकास्टिङ कर्पोरेसनले अगस्टको तथ्याङ्क अर्थशास्त्रीहरूको अपेक्षा अनुरूप रहेको बताएको छ ।

अष्ट्रेलियाको केन्द्रीय बैंक रिजर्भ बैंकले नोभेम्बर २०२३ देखि रहेको ४.३५ प्रतिशतमा आधिकारिक ब्याजदरलाई होल्डमा राखेको एक दिनपछि यो तथ्याङ्क जारी गरिएको हो ।

आरबीए बोर्डले आफ्नो मौद्रिक नीतिमा बैंकको लक्ष्य दायरामा २–३ प्रतिशतको मुद्रास्फीति फिर्ता गर्नु आफ्नो उच्च प्राथमिकता रहेको बताएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

मन पर्‍यो (१००%)

मन परेन (०%)

तटस्थ (०%)

रिस उठ्यो(०%)

प्रतिक्रिया दिनुहोस्