images
images
images

दाउन्नेको सडक एकतर्फी सुचारु

images

पूर्वाधार वाच, परासी ।

पूर्वपश्चिम राजमार्ग अन्तर्गत दाउन्नेको सडक एकतर्फी सुचारु भएको छ । पश्चिम नवलपरासी बर्दघाट नगरपालिका-४ दाउन्ने जंगल खुर्सानीखोलामा अबिरल बर्षाको कारण सडक भासिनुका साथै हाईटेन्सन लाईनको पोल सडकतर्फ ढलि राजमार्ग पूर्ण रुपमा अवरुद्ध भएको थियो ।

गएराती देखि नै मर्मत थालिएको र मंगलबार बिहानदेखि एकतर्फी यातायात सुचारु गरिएको प्रहरीले जानकारी दिएको छ ।

प्रहरीले शुरुमा यात्रुबाहक सवारी साधनलाई मात्र जान दिएको र सडकको मर्मत पूर्ण रुपमा सम्पन्न भएपछि मात्र मालबाहक सवारी साधन जान दिने बताएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

मन पर्‍यो (१००%)

मन परेन (०%)

तटस्थ (०%)

रिस उठ्यो(०%)

प्रतिक्रिया दिनुहोस्