images
images
images

अफगानिस्तानमा डुंगा डुब्दा ४ जनाको मृत्यु

images

पूर्वाधार वाच, काठमाडौं ।

पूर्वी अफगानिस्तानको नान्गाहार प्रान्तको एक नदीमा १४ जना बोकेको डुङ्गा पल्टिँदा चार जनाको मृत्यु भएको छ भने अन्य ६ जना बेपत्ता भएका छन् ।

प्रान्तको कुज कुनार जिल्लाको बाहिरी भागमा नदी पार गर्ने क्रममा डुङ्गा दुर्घटना भएको प्रान्तीय सूचना विभागका प्रमुख कुरैशी बादलूनले बताए ।

चार जनाको उद्धार गरिएको छ भने अन्य ६ जना बेपत्ता छन् । यात्रुहरूमध्ये महिला र बालबालिका पनि थिए । जुन महिनामा प्रान्तको एउटा नदीमा २६ जना बोकेको डुङ्गा पल्टिँदा आठ जनाको ज्यान गएको थियो भने पाँच जना बेपत्ता भएका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

मन पर्‍यो (१००%)

मन परेन (०%)

तटस्थ (०%)

रिस उठ्यो(०%)

प्रतिक्रिया दिनुहोस्