images
images
images

एकतर्फी खुल्यो दाउन्ने सडक

images

पूर्वाधार वाच, काठमाडौं ।

पश्चिम नवलपरासीको दाउन्नेमा सडक भासिएपछि अवरुद्ध पूर्व-पश्चिम राजमार्ग एकतर्फी खुला भएको छ।

सडक भासिने क्रम नरोकिएकाले मर्मत जारी राखी सडक एकतर्फी खुला गरेको  जिल्ला प्रहरी कार्यालय नवलपरासी बर्दघाट–सुस्ता पश्चिम सूचना अधिकारी प्रहरी नायब उपरीक्षक रेशम बोहराले जानकारी दिए

शुक्रबार साँझ बर्दघाट नगरपालिका-४ स्थित खुर्सानी खोलामा सडक भासिएको थियो।

मर्मत गरी शनिबार बिहान एकतर्फी सवारी आवागमन शुरु गरिए पनि फेरि सडक भासिएपछि सडक अवरुद्ध भएको थियो।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

मन पर्‍यो (१००%)

मन परेन (०%)

तटस्थ (०%)

रिस उठ्यो(०%)

प्रतिक्रिया दिनुहोस्