images
images
images

शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा हात्ती मृत फेला

images

पूर्वाधार वाच, कञ्चनपुर ।

कञ्चनपुरको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा एक हात्ती मृत फेला परेको छ । निकुञ्जको पुर्वी दक्षिणी क्षेत्र पडाउ जंगलमा गर्भवर्ती हात्ती मृत फेला परेको हो ।

शुक्रबार दिउँसो नेपाली सेनाले गस्ती गर्ने क्रममा जंगलमा हात्ती मृत फेला पारेको निकुञ्ज कार्यालयले जनाएको छ ।

शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज कार्यालयका सुचना अधिकारी मनोज ऐरले दिउँसो मृत फेला परेको हात्ती बच्चा जन्माउन नसकेर मरेको बताए ।

‘हामीले हात्ती मृत फेला परेको स्थानको बस्तुस्थिति बुझ्दा हात्ती प्राकृतिक कारणले नै मरेको तथ्य फेला पारेका छौँ, ‘उनले भने, ‘निकुञ्ज, पशु चिकित्सक सहित सेनाको टोलीले मृत हात्तीको सदगत गर्ने तयारी गरेका छौँ ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

मन पर्‍यो (१००%)

मन परेन (०%)

तटस्थ (०%)

रिस उठ्यो(०%)

प्रतिक्रिया दिनुहोस्