images
images
images

दाउन्ने सडक दुईतर्फी सञ्चालन

images

पूर्वाधार वाच, नवलपरासी । 

दाउन्ने सडक दुई तर्फी सञ्चालन भएको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार बर्दघाट नगरपालिका–४ दाउन्नेस्थित खोर्सानी खोलामा सड्क भासिएपछि एकतर्फी मात्र सञ्चालनमा रहेको सडक आइतबारदेखि दुई तर्फी सुचारु भएको ।

प्रहरीले सडक मर्मत गरी दुईतर्फी सञ्चालनमा ल्याए पनि सडक भासिने क्रम नरोकिएकाले सतर्कता अपनाउन प्रहरीले आग्रह गरेको छ ।

यस अघि शुक्रवार साँझ ५:४५ बजे करिब २० फिट लम्बाइ र ५ फिट सडक भासिएको थियो भने त्यसअघि असोज १४ गते पनि खुर्सानी खोला क्षेत्रमा नै सडक भासिएको थियो ।

दाउन्ने क्षेत्रमा नारायणगढ बुटवल सडक विस्तारको क्रममा तीन लेनमा सडक विस्तार गर्न खनिएका स्थानमा माटो खुकुलो हुँदा सडक भासिने र पहिरो खस्ने गरेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

मन पर्‍यो (१००%)

मन परेन (०%)

तटस्थ (०%)

रिस उठ्यो(०%)

प्रतिक्रिया दिनुहोस्