images
images
images

विद्युत् व्यापारका लागि चीनसँग पनि कुरा गरिराखेका छौं : मन्त्री खड्का

images

पूर्वाधार वाच, काठमाडौं ।

ऊर्जा, जलस्रोत तथा सिंचाइमन्त्री दीपक खड्काले छिमेकी मुलुक चीनसँग पनि विद्युत् व्यापारको सम्बन्धमा कुरा गरिरहेको बताएका छन् । आइतबार मन्त्रालयमा मन्त्री र सचिवका बिचमा कार्यसम्पादन सम्झौताका लागि आयोजित कार्यक्रममा बोल्दै मन्त्री खड्काले बंगलादेशसँगको विद्युत् व्यापार सम्झौता ठूलो उपलब्धि भएको उल्लेख गर्दै चीनसँग पनि विद्युत् व्यापारका लागि कुरा गरिरहेको बताएका हुन् ।

उनले अन्य छिमेकी राष्ट्रहरूले आफैं विद्युत् उत्पादन गर्दा पनि नेपालसँग किन्ने गरेको भन्दै चीनसँग पनि सोही अनुरूप आग्रह गर्नुपर्ने बताए । उनले चीनले विद्युत् किन्ने कुरामा आफू आशावादी रहेको बताए ।

उनले आर्थिक कुरामा जोड दिएर जनताको जीवनस्तर उकास्नका लागि आफ्नो ध्यान केन्द्रित रहेको बताए । मन्त्री खड्काले निजी क्षेत्रले जलविद्युतमा गरेको लगानी पनि अन्ततः राज्यकै हुने भन्दै निजी क्षेत्रलाई लगानी गर्न अवरोध गर्नु नहुने बताए ।

उनले भने, ‘जलविद्युतमा व्यक्ति, संस्था, निजी संस्थाहरू जजसले लगानी गरेपनि २५/३५ वर्ष पछाडि मुलुकको हुने हो । ६४ खर्ब २८ हजार मेगावाट विद्युत् उत्पादन गर्नलाई लगानी गर्दैछौँ भनेर जुन फिगर भनिएको छ, त्यो पूर्ण रूपमा नेपाल सरकारको हुने हो । अहिले हामीलाई १० खर्बको चालु खर्च र ५/७ खर्ब जुटाउन हम्मेहम्मे छ ।’

मन्त्री खड्काले जलविद्युतको क्षेत्रमा तल्लो तहको मान्छे पनि धनि हुनेगरी मोडालिटी बनाउनुपर्ने बताए । पैसा नहुनेहरुले पनि जलविद्युतमा लगानी गर्न सक्ने अवस्था बनाउनुपर्नेमा उनको जोड छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

मन पर्‍यो (१००%)

मन परेन (०%)

तटस्थ (०%)

रिस उठ्यो(०%)

प्रतिक्रिया दिनुहोस्