images
images
images

खुर्कोटस्थित सुनकोशी नदीमाथि वेलीबृज जडान कार्य सुरु

images

पूर्वाधार वाच, काठमाडौं।

बीपी राजमार्ग अन्तर्गत खुर्कोटस्थित सुनकोशी नदीमाथि वेलीबृज जडान कार्य सुरु भएको छ । सिन्धुली र रामेछाप जिल्ला जोड्ने बीपी राजमार्ग र पुष्पलाल राजमार्गको सुनकोशी नदीमाथि नेपाली सेनाको टोलीद्वारा वेलीबृज जडान कार्य सुरु गरिएको नेपाली सेनाले जनाएको छ ।

यही असोज १२ गते शनिवार सुनकोशी नदीमा आएको बाढीले सो नदीको पुल बगाएको थियो । पुल बगाएपछि रामेछाप–सिन्धुली, रामेछाप–काठमाडौंको सवारीआवागमन पूर्ण रुपमा अवरोध भएको थियो ।

सरकारले दशैंअघि नै सो पुल निर्माण गरि सवारी आवागमन सहज बनाउने गरि काम शुरु गरेको हो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

मन पर्‍यो (१००%)

मन परेन (०%)

तटस्थ (०%)

रिस उठ्यो(०%)

प्रतिक्रिया दिनुहोस्