पूर्वाधार वाच, काठमाडौं ।
नेपाल प्रहरीको केन्द्रीय कार्यालय सार्वजनिक गरेको सूचना अनुसार हालसम्म काभ्रेको रोशी गाउँपालिकाको भ्याकुर खोला पुल पूर्ण रूपमा अवरोध रहेको छ । बीपी राजमार्गमा अवस्थित यो पुल केही समय अघिको बाढी पहिरोले क्षति पुर्याएको हो ।
केन्द्रीय प्रहरी कार्यालयले शुक्रबार दिउँसो जारी गरेको विज्ञप्ति अनुसार सिन्धुपाल्चोक जिल्लाको भोटेकोसी गाउँपालिका २ स्थित लिपिङ पुल पनि पूर्ण अवरोध छ ।
यस्तै रामेछाप जिल्लामा पर्ने मन्थली नगरपालिका ६ स्थित सुनकोशी पुल र जिल्लाकै खाँडा देवी गाउँपालिका १ मा पर्ने खाँडाचक्र स्थित खाँडा चक्र पुल पनि पूर्ण रूपमा अवरोध रहेको छ ।
यी हुन् एक तर्फी खुलाइएको बाटो
प्रहरीले सार्वजनिक गरेको बिहान १० बजे सम्मको अपडेट अनुसार रोशी गा.पा. ८ चारसयवेशीमा बीपी राजमार्ग एकतर्फी सुरु भएको छ ।
यस्तै रोशी गा.पा. ११ कालढुङ्गा‚ रोशी गा.पा. ०७ घुमाउने एकतर्फी सुचारु आएको हो । यस्तै काभ्रेकै पाँचखाल न.पा. ५ हनुमान गढ केराघारी, अरनिको राजमार्ग पनि एकतर्फी सञ्चालनमा आएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
मन पर्यो (१००%)
मन परेन (०%)
तटस्थ (०%)
रिस उठ्यो(०%)












प्रतिक्रिया दिनुहोस्