पूर्वाधार वाच, हेटौंडा ।
हेटौंडा-कुलेखानी-काठमाडौं सडक प्रयोग नगर्न प्रहरीले आग्रह गरेको छ । फाखेल भएर काठमाडौं जाने सडकअन्तर्गत इन्द्रसरोवर गाउँपालिका–२ र ३ स्थित हेभीमा सडक बिग्रिएकाले वैकल्पिक बाटो प्रयोग गर्न प्रहरीले आग्रह गरेको हो ।
कुलेखानी सिमखोला नजिकको उकालोमा सडकमा साना गाडीहरु चढ्न सकेका छैनन् ।
इलाका प्रहरी कार्यालय भीमफेदीका अनुसार यात्रुलाई हेटौंडाबाट काठमाडौं जाँदा कान्ति लोकपथ र त्रिभुवन राजपथबाट यात्रा गर्न आग्रह गरिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
मन पर्यो (१००%)
मन परेन (०%)
तटस्थ (०%)
रिस उठ्यो(०%)












प्रतिक्रिया दिनुहोस्