images
images
images

ट्रम्पको चुनावी अभियानलाई एलन मस्कले ३ महिनामा दिए ७५ मिलियन डलर 

images

पूर्वाधार वाच,काठमाडौं ।

संसारका सबैभन्दा धनी व्यक्तिहरूमध्येका एक एलन मस्कले रिपब्लिकन पार्टीका उम्मेदवार तथा पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पको अभियानका लागि ७५ मिलियन डलर
(१० अर्ब बढी नेपाली रुपैयाँ) सहयोग गरेको खुलासा भएको छ ।

सरकारी अनुसन्धानबाट उक्त तथ्य खुलासा भएको हो । सरकारी जानकारीअनुसार एलन मस्कले डोनाल्ड ट्रम्पको समर्थक अभियान समूह अमेरिका पीएसीलाई ३ महिनामा ७५ मिलियन डलर दिएका हुन् ।

एलन मस्कले जुलाईमा ट्रम्पमाथि भएको आक्रमणपछि उनलाई औपचारिक रूपमा आफ्नो समर्थन रहेको घोषणा गरेका थिए । यद्यपि यसअघि पनि विभिन्न मुद्दाहरूमा मस्कलाई ट्रम्पले समेत साथ दिँदै आएको देखिएको थियो ।

हालै पेनसिल्भेनियाको बटलरमा ट्रम्पको र्‍यालीको क्रममा, मस्क पनि सहभागी भएका थिए। यो त्यही स्थान हो जहाँ ट्रम्पमाथि आक्रमण भएको थियो।

अमेरिकी राष्ट्रपति चुनाव नोभेम्बरमा हुँदैछ, जहाँ डेमोक्रेटिक पार्टीको तर्फबाट वर्तमान उपराष्ट्रपति कमला ह्यारिस उम्मेदवार छिन्। त्यसैगरी, रिपब्लिकन पार्टीले पूर्वअमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई आफ्नो उम्मेदवार घोषणा गरेको छ। (अन्तर्राष्ट्रिय एजेन्सीहरुको सहयोगमा)

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

मन पर्‍यो (१००%)

मन परेन (०%)

तटस्थ (०%)

रिस उठ्यो(०%)

प्रतिक्रिया दिनुहोस्