images
images
images

दक्षिण कोरिया जोड्ने सडक भत्काउन उत्तर कोरियाद्वारा विस्फोटन

images

पूर्वाधार वाच, काठमाडौं ।

दक्षिण कोरिया जोड्ने सडकहरू भत्काउन उत्तर कोरियाले विस्फोटन गराएको देखिने भिडिओ दक्षिण कोरियाको राष्ट्रिय प्रतिरक्षा मन्त्रालयले सार्वजनिक गरेको छ।

उत्तर कोरियाले दक्षिण कोरियाबाट आफूलाई ‘पूरै अलग्ग्याउने’ उद्देश्यसहित दुई देशलाई जोड्ने सबै सडक र रेलमार्ग विच्छेद गर्ने घोषणा गरेको थियो। पहिला ती मार्गलाई दुई कोरियाबीचको सहकार्यका प्रतीकका रूपमा लिने गरिन्थ्यो।

उत्तर कोरियाली सेनाले उक्त कदमलाई ‘युद्ध रोक्नका लागि आत्मरक्षाको उपाय’ भनेको छ। उसका अनुसार दक्षिण कोरिया र संयुक्त राज्य अमेरिकाले बारम्बार सैन्य अभ्यास गरेको र अमेरिकाले सो क्षेत्रमा पारमाणविक अस्त्र राखेको हुनाले त्यसो गरेको बताएको छ।

ती विस्फोटन भएपछि दक्षिण कोरियाको सेनाले शक्ति प्रदर्शनक गर्ने सीमावर्ती क्षेत्रमा आफ्नो भूमिपट्टि गोलाबरी गरिएको जनाएको छ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

मन पर्‍यो (१००%)

मन परेन (०%)

तटस्थ (०%)

रिस उठ्यो(०%)

प्रतिक्रिया दिनुहोस्