images
images
images

बीपी राजमार्ग पुनर्निर्माणमा सघाउन जापान सरकारलाई प्रधानमन्त्री ओलीको आग्रह

images

पूर्वाधार वाच, काठमाडौं ।

प्रधानमन्त्री केपी शर्मा ओलीले हालैको बाढी पहिरोबाट क्षतिग्रस्त बीपी राजमार्ग पुनर्निर्माणमा सघाउन जापानसँग प्रस्ताव राखेका छन् ।

जापानी राजदूत किकुता युताकासँग बालुवाटारमा भएको भेटवार्तामा प्रधानमन्त्री ओलीले बीपी राजमार्ग पुनर्निर्माणका लागि जापानबाट सहयोगको प्रस्ताव राखेका हुन् ।

जवाफमा राजदूत युताकाले उक्त विषयमा आफूले जापान सरकारसँग कुरा राख्ने बताउनु भएको थियो । भेटमा दुई देशबीचको सम्बन्ध र आपसी हितबारे पनि छलफल भएको प्रधानमन्त्री ओलीको सचिवालयले जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

मन पर्‍यो (१००%)

मन परेन (०%)

तटस्थ (०%)

रिस उठ्यो(०%)

प्रतिक्रिया दिनुहोस्