images
images
images

निकिता पोरवाल बनिन् २०२४ को मिस इन्डिया

images

पूर्वाधार वाच, काठमाडौं ।

मिस इन्डिया २०२४ को उपाधि मध्य प्रदेशकी निकिता पोरवालले जितेकी छन् । गएराती मुम्बईमा भएको ग्राण्ड फिनालेमा पोरवालले मिस इन्डिया वर्ल्ड २०२४ को ताज पहिरिएकी हुन् । अब उनले मिस वर्ल्ड प्रतियोगितामा भारतको प्रतिनिधित्व गर्नेछिन् ।

त्यस्तै दादरा र नगर हवेली (केन्द्र शासित प्रदेश)की रेखा पाण्डे मिस इन्डिया २०२४ को फस्ट रनरअप र गुजरातकी आयुषी ढोलकिया मिस इन्डिया २०२४ को सेकेन्ड रनरअप बनेकी छन् । निकिता पोरवाल, रेखा पाण्डे र आयुषी ढोलकियालाई नेहा धुपियाले फूलको गुच्छा दिएर सम्मान गरेकी थिइन् ।

डिजाइनर निकिता म्हसाल्कर, अभिनेत्री संगीता बिजलानी, निर्देशक अनीस बज्मी, अभिनेत्री र अभिनेत्री नेहा धुपिया, कोरियोग्राफर बोस्को मार्टिस र निर्देशक मधुर भण्डारकर निर्णायक रहेका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

मन पर्‍यो (१००%)

मन परेन (०%)

तटस्थ (०%)

रिस उठ्यो(०%)

प्रतिक्रिया दिनुहोस्