images
images
images

इजरायलको आक्रमणपछि लेबनानमा ४ लाख बालबालिकासहित १२ लाख घरविहीन

images

पूर्वाधार वाच, काठमाडौं ।

इजरायलले लेबनानमा हिजबुल्लाहविरुद्धको आक्रमण शुरु गरेपछि ४ लाख बालबालिकासहित १२ लाख मानिसले आफ्नो घर छोडेका छन् ।

युनिसेफले बुधबार सार्बजनिक गरेको रिपोर्टका अनुसार अहिले एक लाख ९० हजार जनाले पब्लिक स्कुल, सडक किनार र अन्य स्थानमा सेल्टर लिइरहेका छन् ।

युनिसेफले अघिल्लो साता मात्र लेबनानमा सय जना बालबालिकाले ज्यान गुमाएको र आठ सय भन्दा बढी घाइते भएको बताएको छ । अब जाडो मौसम आउन थालेकाले लेबनानमा बालबालिकाको अवस्था थप कठिन हुने युनिसेफले चेतावनी दिएको छ ।

यस अघि २०२२ मा सिरियामा जाडोले कैयौं बालबालिकाको मृत्यु भएको युनिसेफले स्मरण गराएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

मन पर्‍यो (१००%)

मन परेन (०%)

तटस्थ (०%)

रिस उठ्यो(०%)

प्रतिक्रिया दिनुहोस्