पूर्वाधार वाच, काठमाडौं ।
बंगलादेशको एक विशेष अदालतले पूर्वप्रधानमन्त्री शेख हसिनाविरुद्ध पक्राउ पुर्जी जारी गरेको छ। शेख हसिनामाथि जुलाई अगस्टको अवधिमा देशमा भएका अपराधहरूमा संलग्न भएको आरोप लागेको छ।
दुई छुट्टाछुट्टै याचिकाहरूको सन्दर्भमा शेख हसिना र ओबैदुल कादरसहित कुल ४६ जनाविरुद्ध अन्तर्राष्ट्रिय अपराध न्यायाधिकरण (आईसीटी)ले पक्राउ पुर्जी जारी गरेको हो। उनीहरूलाई १८ नोभेम्बरभन्दा अघि न्यायाधिकरणको सामु उपस्थित हुन आदेश दिइएको छ।
आईसीटीले एक मामिलामा शेख हसिनाको पक्राउ पुर्जी जारी गरेको हो भने अर्को याचिकाअन्तर्गत आवामी लिगका महासचिव ओबैदुल कादरसहित ४५ जनाविरुद्ध पक्राउ पुर्जी जारी गरेको हो। यसमध्ये लेखक तथा शिक्षाविद् प्राध्यापक जफर इकबाल र पूर्वन्यायाधीश शम्सुद्दिन चौधरी मानिक पनि समावेश छन्।
बिहीबार न्यायाधिकरणका अध्यक्ष मो. गुलाम मुर्तजाको अध्यक्षतामा रहेको इजलासले यो आदेश जारी गरेको हो। पछि, न्यायाधिकरणका मुख्य सरकारी वकिल ताजुल इस्लामले एक पत्रकार सम्मेलनमा यो जानकारी दिएका थिए।
अन्तर्राष्ट्रिय अपराध न्यायाधिकरण, त्यही न्यायाधिकरण हो जसमा सन् १९७१ को मुक्ति संग्रामको दौरान मानवीय अपराधहरूको सुनुवाइ गरिएको थियो। गएको पाँच अगस्टमा छात्र आन्दोलन र विरोधका कारण शेख हसिनाले प्रधानमन्त्री पदबाट राजीनामा दिएकी थिइन् र उनी देश छोडेर भारत भागेकी थिइन्। तबदेखि उनी भारतमै बसिरहेकी छन्।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
मन पर्यो (१००%)
मन परेन (०%)
तटस्थ (०%)
रिस उठ्यो(०%)












प्रतिक्रिया दिनुहोस्