images
images
images

भारतको राजस्थानमा बस र अटो ठोक्किँदा ८ बालबालिकासहित १२ जनाको मृत्यु

images

पूर्वाधार वाच, काठमाडौं ।

भारतको राजस्थानको ढोलपुरस्थित राष्ट्रिय राजमार्ग ११–बी मा शनिबार राति भएको सवारी दुर्घटनामा १२ जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा आठ बालबालिका पनि रहेको भारतीय मिडियाहरुले उल्लेख गरेका छन् । दुर्घटनामा घाइते दुई जनाको उपचार भइरहेको बताइएको छ । शनिबार राति जयपुर जाँदै गरेको बस र अटोबीच ठक्कर हुदा सो दुर्घटना भएको प्रहरीले जनाएको छ ।

मृतकहरू सबै बारीका बासिन्दा रहेको र सर्मथुरा क्षेत्रको बरौली गाउँमा विवाह समारोहमा सहभागी भई अटोमा फर्कदै गर्दा दुर्घटना भएको बताइएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

मन पर्‍यो (१००%)

मन परेन (०%)

तटस्थ (०%)

रिस उठ्यो(०%)

प्रतिक्रिया दिनुहोस्