पूर्वाधार वाच, सुर्खेत ।
कर्णालीमा पहिलो पटक तरकारी तथा फलफूलमा प्रयोग गरिने विषादी जाँच गर्ने प्रयोगशाला स्थपाना भएको छ । आइतबार सुर्खेतको वीरेन्द्रनगर–६, स्थित बुलबुले तरकारी बजारमा विषादी अवशेष द्रुत विश्लेषण प्रयोगशाला स्थापना गरिएको हो ।
प्रयोगशालाको कर्णाली प्रदेश सरकारका भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री विनोदकुमार शाहले समुद्घाटन गरेका हुन् ।
प्रयोगशाला उद्घाटन गर्दै मन्त्री शाहले विषादीरहित तरकारी उत्पादन तथा विक्रि वितरणमा कृषक, व्यवसायी र उपभोक्तामा जनचेतनाको आवश्यक रहेको बताए ।
कर्णाली प्रदेश आफैमा अर्गानिक रहेको उल्लेख गर्दै पछिल्लो समय तरकारी तथा फलफूलमा बढ्दै गएको विषादीको प्रयोगले मानवस्वास्थ्यमा गम्भीर असर पर्दै गएका प्रति सचेत रहनुपर्ने शाहले बताए ।
प्रयोगशाला स्थापना भएसँगै प्रदेश सरकारको अर्गानिक प्रदेशको अवधारणालाई सघाउ पुग्ने मन्त्री शाहको भनाई थियो । सुर्खेतको हर्रे र सल्यानको कपुरकोटमा रहेका प्रयोगशाला यसै वर्ष सञ्चालनमा आउने मन्त्री शाहको दावी छ । जसका लागि बजेटको व्यवस्थापन भइसकेको उनले बताए ।
यस्तै , विषादी अवशेष भन्नाले, बाली बिरुवामा विषादी छरिसके पछि निश्चित समय सम्म सो विषादीको सक्रिय तत्वहरुको बालीमा रहने मात्रा हो र विषादी अवशेष द्रुत विश्लेषण भन्नाले, उपभोगका लागि तयार भएका ताजा कृषि उपजमा तोकिएको मापदण्ड अनुसारको विषादीले गर्ने असर वा विषादीको मात्रा शीघ्र पत्ता लगाउने कार्य वा विधि हो । विषादी परीक्षणका क्रममा रोकावटको प्रतिशत हेर्दा ३५ प्रतिशतभन्दा कम आएमा कृषि उपजलाई खानयोग्य मानिनेछ यस्तै ३५ देखि ४५ प्रतिशतसम्म देखिएमा केही दिन पर्खनुपर्ने चार पाँच दिन क्वारेन्टाइन राखेर पुनः परीक्षणमा ३५ प्रतिशतभन्दा कम नतिजा आएमा खान योग्य हुनेछ।
र परीक्षणकै क्रममा ४५ प्रतिशतभन्दा बढी आएमा उक्त कृषि उपजलाई खान अयोग्य मानिनेछ र उक्त उपजलाई विसर्जन वा नष्ट गर्नुपर्ने यस विषादी अवशेष द्रुत विश्लेषण प्रयोगशाला एकाइ बिरेन्द्रनगर सुर्खेतका प्राविधिक धन सिंह धामी ले बताए ।
प्रयोगशालाले दैनिक रूपमा तरकारी तथा फलफुलको नमुना सङ्कलन गर्छौं र संकलित नमुना हरेक दिन परीक्षण गरिन्छन्। परीक्षण गरेर उपभोग्य अनि केही दिन पर्खनुपर्ने र अयोग्य छुट्याएर तरकारी तथा फलफुल बजार मा जानकारी गराउँछौँ, भनेर यस प्रयोगशालाका प्राविधिक धामीले बताए ।
यस्तै विषादीले मानव स्वास्थ्यमा अल्पकालीन र दीर्घकालीन रोगहरू लाग्दछन् अल्पकालीन असरहरु रिंगठा लाग्नु,पेट बटारिनु,मुर्छा पर्नु दिशा पखाला लाग्नु,टाउको दुख्नु,खोकी लाग्नु,आँखी भौँ फरफराउनु,आँखा रातो हुनु,आँखा पोल्नु पोल्नु र यस्तै दीर्घकालीन असरहरू क्यान्सर,पक्षघात स्वासप्रश्वास सम्बन्धी रोगहरू,शारीरिक विकासमा असर,प्यारालाइसिस,प्रजनन क्षमतामा कमी,बाजोपन,कलेजोमा खराबी,एलर्जी जस्ता घातक रोगको जोखिम हुने यस प्रयोगशालाका प्राविधिक धामीले बताए ।
यस्तै, नगदे बालीमा सून्य दशमलव १८ केजि, दलहनमा सून्य दशमलव सून्य पाँच केजि, अन्नबाली सून्य दशमलव सून्य चार केजि र फलफूलमा सून्य दशमलव सून्य दुई केजि खास विष प्रति हेक्टर जमिनमा प्रयोग हुने गरेको छ , विषादीले रोग किरा मात्रै मार्ने होइन।
यसले मानव स्वास्थ्य लगायत समग्र वातावरणमा नै घातक असर गर्छ। त्यसैले किसान स्तरदेखि नै व्यापक रुपले जनचेतना जगाउन जरुरी छ। तोकिएको मापदण्ड एवं तौरतरिका भित्र रहेर प्रयोग गर्नु हितकर हुन्छ। केन्द्रीय कृषि प्रयोगशालाका प्रमुख महेशचन्द्र आचार्यले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
मन पर्यो (१००%)
मन परेन (०%)
तटस्थ (०%)
रिस उठ्यो(०%)












प्रतिक्रिया दिनुहोस्