पूर्वाधार वाच,काठमाडौं ।
जिम्बाब्वेले टि ट्वान्टी आईमा सवार्धिक रन बनाउँदै नेपालको कीर्तिमान तोडेको छ । आइसिसी पुरुष टि ट्वान्टी विश्वकप अफ्रिका उप क्षेत्रीय छनोटमा गाम्बियाविरुद्ध ३ सय ४४ रनको योगफल तयार गर्दै नेपालले बनाएको कीर्तिमान तोडेको हो ।
नेपालले यसअघि टि ट्वान्टी आईमा एकै ईनिङमा ३ विकेट गुमाएर ३ सय १४ रन बनाउदै सर्वाधिकरनको कीर्तिमान बनाएको थियो । सन् २०२३ सेप्टेम्बर २७ मा मंगोलियाविरुद्ध एसियन गेममा नेपालले यो कीर्तिमान बनाएको थियो । जिम्बाब्वेले निर्धारित २० ओभरमा ४ विकेट गुमाएर ३ सय ४४ रन बनाएको हो ।
जिम्बाब्वेका लागि कप्तान सिकन्दर राजाले ४३ बलमा ७ चौका र १५ छक्काको सहयोगमा नट आउट १ सय ३३ रन बनाएको इनिङमा ३ अर्धशतक प्रहार भएका थिए ।
सिकन्दरले टि ट्वान्टी आईमा सबै भन्दा छिटो १०० रन बनाउने कीर्तिमान पनि आफ्नो नाममा बनाउन सफल भएका छन् । उनले ३३ बलमा १०३ रन बनाएर निरन्तर १ सय ३३ रनको सानदार पारी खेल्दै नट आउट रहेका हुन्।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
मन पर्यो (१००%)
मन परेन (०%)
तटस्थ (०%)
रिस उठ्यो(०%)












प्रतिक्रिया दिनुहोस्