images
images
images

भारत सर्वोच्च अदालतको प्रधानन्यायाधीशमा खन्ना नियुक्त

images

पूर्वाधार वाच, काठमाडौं ।

भारतको सर्वोच्च अदालतको प्रधानन्यायाधीशमा सञ्जीव खन्ना नियुक्त भएका छन् । राष्ट्रपति द्रौपदी मुर्मुले भारतको ५१ औं प्रधानन्यायाधीशमा खन्नालाई नियुक्ति गरेकी हुन् ।

वर्तमान प्रधानन्यायाधीश डीवाई चन्द्रचुडले आगामी नोभेम्बर १० मा अवकाश लिएपछि खन्नाले कार्यभार सम्हाल्नेछन् । उनको कार्यकाल ६ महिनाको रहनेछ ।

कानुनमन्त्री अर्जुन राम मेघवालले राष्ट्रपति मुर्मुले संविधानले दिएको अधिकार प्रयोग गरी प्रधानन्यायाधीशको परामर्शमा खन्नालाई प्रधानन्यायाधीशमा नियुक्त गरेको जानकारी दिएका हुन् ।

सन् १९८३ देखि कानुनी यात्रा सुरु गर्नुभएका खन्नाले आयकर विभागको वरिष्ट स्थायी वकिलको रुपमा काम गरेका थिए। सन् २००५ मा दिल्ली हाइकोर्टको एडिसनल जजको रुपमा बढुवा भएका उनी २००६ मा स्थायी न्यायाधीश बनेका थिए ।

पछिल्लो पटक उनले दिएको अन्तरिम जमानतका कारण दिल्लीका पूर्वमुख्यमन्त्री अरविन्द केजरीवाल लोकसभा चुनाव प्रचारमा सहभागी हुन पाएका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

मन पर्‍यो (१००%)

मन परेन (०%)

तटस्थ (०%)

रिस उठ्यो(०%)

प्रतिक्रिया दिनुहोस्