images
images
images

इजरायलले गलत कदम चाल्यो : खामेनी

images

पूर्वाधारा वाच, काठमाडौं ।

इरानका सर्वोच्च नेता आयतोल्लाह अली खामेनीले अक्टोबर २६ मा इजरायलले गरेको आक्रमणप्रति प्रतिक्रिया दिएका छन् ।

खामेनीले इजरायलले गलत कदम चालेको बताएका छन् । सामाजिक सञ्जालमा लेख्दै खामेनीले भनेका छन्, ‘जियोनिस्ट शासनले दुई रात अघि गलत कदम चाल्यो। हामीले उनीहरूलाई इरानी जनताको शक्ति, दृढ संकल्प र पहलको बारेमा बताउनुपर्छ ।’

इजरायलले इरानी सैन्य अखडाहरूमा हवाई आक्रमण गरेको थियो । यी आक्रमणमा चार इरानी सैनिकको मृत्यु भएको इरानले पुष्टि गरेको छ ।

यस महिनाको सुरुमा इरानले इजरायलमा करिब २०० मिसाइल प्रहार गरेको थियो । तर, इरानको आक्रमणमा इजरायललाई कुनै ठूलो क्षति पुगेको थिएन ।

इजरायलले इरानमाथि करिब सय मिसाइलले आक्रमण गरेको मिडिया रिपोर्टमा उल्लेख गरिएको छ । इरानले भने इजरायलको सबै आक्रमणलाई असफल बनाएको दाबि गरेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

मन पर्‍यो (१००%)

मन परेन (०%)

तटस्थ (०%)

रिस उठ्यो(०%)

प्रतिक्रिया दिनुहोस्