पूर्वाधार वाच, काठमाडौं ।
जापानका प्रधानमन्त्री शिगेरु इसिबाको सत्तारुढ लिबरल डेमोक्रेटिक पार्टी (एलडीपी)ले आगामी आम चुनावमा बहुमत गुमाएको छ । आइतबार सम्पन्न आम निर्वाचनमा एलडीपी र उनको सहयोगी कोमेटो पार्टीले २१५ सिट हासिल गरेको छ ।
बहुमतको आँकडा पार गर्न कुनै पनि दलले ४६५ मध्ये २३३ सिट जित्नुपर्नेछ । जापानको सार्वजनिक टेलिभिजन एनएचकेका अनुसार ले आइतबार यो जानकारी दिएको हो ।
त्यस्तै विपक्षी दल संबैधानिक डेमोक्रेटिक पार्टीसहित विपक्षी दलहरुले २३५ सिटमा जित हासिल गरेका छन् । यद्यपी संसदमा एलडीपी १८६ सिटसहित सबै भन्दा ठुलो पार्टी भने बनेको छ ।
रिपोर्टका अनुसार कथित आर्थिक घोटालालाई लिएर मतदाताहरू बीच असन्तुष्टिको असर निर्वाचन परिणाममा परेको छ । अक्टोबर १ मा जापानको प्रधानमन्त्रीको पदभार सम्हालेका इसिबाले जनताको समर्थन जुटाउनका लागि निर्वाचनको घोषणा गरेका थिए ।
२००९ पछि पहिलो पटक जापानको लिबरल डेमोक्रेटिक पार्टीले तल्लो सदनमा बहुमत गुमाएको हो । निर्वाचनको परिणामपछि अब जापानको सरकार कसले बनाउछ भन्ने अझै स्पष्ट नभएको रिपोर्टमा उल्लेख छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
मन पर्यो (१००%)
मन परेन (०%)
तटस्थ (०%)
रिस उठ्यो(०%)












प्रतिक्रिया दिनुहोस्