पूर्वाधार वाच, काठमाडौं ।
इजरायल र हमासबीच कतारको दोहामा युद्धविरामबारे वार्ता सुरु भएको छ । सिएनएनका अनुसार अमेरिका र कतारसहितका उच्च कुटनीतिज्ञको उपस्थितिमा गाजामा युद्ध विरामबारे बार्ता भइरहेको छ ।
हमासका सर्वोच्च नेता याहया सिनवार मारिएपछि अमेरिकाले युद्धविरामको पहल गर्दै आएको थियो । पछिल्लो दुई महिनामा यस किसिमको वार्ता भएको यो पहिलो पटक हो ।
यस वार्तामा इजिप्टले पनि महत्वपूर्ण भूमिका खेलिरहेको बताइएको छ । इजिप्टले यस अघि नै दुई दिनको युद्ध विरामको प्रस्ताव गर्दै इजरायलले प्यालेस्टाइन कैदीको रिहा गरेमा हमासले चार इजरायली बन्दकलाई रिहा गर्ने बताएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
मन पर्यो (१००%)
मन परेन (०%)
तटस्थ (०%)
रिस उठ्यो(०%)












प्रतिक्रिया दिनुहोस्