images
images
images

दक्षिणपूर्वी स्पेनमा भिषण बाढी, ५१ जनाको मृत्यु

images

पूर्वाधार वाच, काठमाडौं।

भारी वर्षाका कारण स्पेनको दक्षिणपूर्वी क्षेत्रलगायत धेरै क्षेत्रमा बाढी आएको छ । बाढीमा परी मृत्यु हुनेको संख्या ५१ पुगेको प्रशासनले जनाएको छ ।

राहत र उद्धार कार्य जारी रहेको प्रशासनले जनाएको छ । भ्यालेन्सिया सहरमा अवस्था गम्भीर छ । यसैबीच सामाजिक सञ्जालमा धेरै भिडियोहरु बाहिर आएका छन् । यसमा धेरै कारहरु तैरिरहेका देखिन्छन् ।

अर्कोतर्फ, बाढीमा फसेका सयौं मानिसहरूले रेडियो र टिभी स्टेशनहरूलाई मद्दतको लागि कल गरिरहेका बताएका छन् ।  स्पेनको मौसम एजेन्सीले भ्यालेन्सिया सहरमा रेड अलर्ट लागू गरिएको जनाएको छ ।

अन्डालुसिया सहरमा दोस्रो उच्च सतर्कता घोषणा गरिएको छ। स्पेनका प्रधानमन्त्री पेड्रो सान्चेजले जनतालाई प्रशासनको सल्लाह पालना गर्न अपिल गरेका छन् । साथै उनले अनावश्यक यात्रा नगर्न पनि आग्रह गरेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

मन पर्‍यो (१००%)

मन परेन (०%)

तटस्थ (०%)

रिस उठ्यो(०%)

प्रतिक्रिया दिनुहोस्