पूर्वाधार वाच, काठमाडौं ।
भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहाल साउदी अरेबियाको रियाद प्रस्थान गरेका छन् ।
सडक सुरक्षाबारे अन्तर्राष्ट्रिय सम्मेलनमा भाग लिन उनी शुक्रबार रियाद प्रस्थान गरेका हुन् । रियादमा २ देखि ४ नोभेम्बरसम्म हुने सडक सुरक्षासम्बन्धी सम्मेलन आयोजना हुँदैछ ।
इन्टरनेशनल रोड फेडेरेसन, आईआरएफ ग्लोबल र साउदी अरेबियाको यातायात मन्त्रालयले आयोजना गरेको उक्त सम्मेलनमा विभिन्न राष्ट्रका प्रतिनिधि एवं विज्ञले सडक सुरक्षासम्बन्धी कार्यपत्र पेश गरी छलफल हुने कार्यक्रम छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
मन पर्यो (१००%)
मन परेन (०%)
तटस्थ (०%)
रिस उठ्यो(०%)












प्रतिक्रिया दिनुहोस्