पूर्वाधार वाच, काठमाडौं ।
श्रीलंकाले हङकङ सिक्सेसको उपाधि उचालेको छ। हङकङमा सम्पन्न फाइनल खेलमा आइतबार पाकिस्तानलाई तीन विकेटले हराउँदै श्रीलंकाले हङकङ सिक्सेसको उपाधि जितेको हो ।
पाकिस्तानले दिएको ७३ रनको लक्ष्य पछाएको श्रीलंकाले ५ ओभरमा ३ विकेट गुमाउँदै पूरा गरेको थियो । श्रीलंकाले यो उपाधि जितेको दोस्रो पटक हो ।
यसअघि श्रीलंकाले सन् २००७ मा यो उपाधि जितेको थियो । यस वर्ष नेपालले पनि पहिलो पटक यस प्रतियोगितामा भाग लिएको थियो । नेपाल क्वार्टरफाइनलमा श्रीलंकासँगै पराजित भएको थियो । त्यसअघि समूह चरणको खेलमा नेपालले इङल्याण्ड र अस्ट्रेलियालाई पराजित गरेको थियो ।
त्यस्तै क्वार्टरफाइनलमा पराजित भएको नेपाल प्लेट सेमिफाइनलमा भने यूएईसँग पराजित भएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
मन पर्यो (१००%)
मन परेन (०%)
तटस्थ (०%)
रिस उठ्यो(०%)












प्रतिक्रिया दिनुहोस्