images
images
images

मोदीले दिए ट्रम्पलाई बधाई, भन्छन्- हाम्रो सहकार्यलाई अघि बढाउन उत्सुक छु

images

पूर्वाधार वाच, काठमाडौं ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले डोनाल्ड ट्रम्पलाई बधाई दिएका छन् । उनले ट्रम्पलाई बधाई दिँदै उनलाई साथी भनेर उल्लेख गरेका छन्। प्रधानमन्त्री मोदीले सामाजिक सञ्जाल प्लेटफर्म एक्समाफर्त अमेरिकी राष्ट्रपति पदका उम्मेदवार डोनाल्ड ट्रम्पलाई बधाई दिएका हुन् ।

उनले भनेका छन्, ‘ऐतिहासिक चुनावी जितका लागि मेरो साथी डोनाल्ड ट्रम्पलाई हार्दिक बधाई।’

प्रधानमन्त्री मोदीले भने, ‘तपाईंको अघिल्लो कार्यकालका सफलताजस्तै, म भारत-अमेरिका बीचको व्यापक वैश्विक र रणनीतिक साझेदारीलाई थप मजबुत बनाउनका लागि हाम्रो सहकार्यलाई अघि बढाउन उत्सुक छु। आउनुहोस्, हामी हाम्रो जनताको कल्याण, विश्व शान्ति, स्थिरता र समृद्धिका लागि सँगै काम गरौं।’

जानकारीका लागि, डोनाल्ड ट्रम्पले फ्लोरिडामा आफ्ना समर्थकहरूलाई सम्बोधन गर्दै आफ्नो जितको घोषणा गरेका छन्। यद्यपि, उनको जितको आधिकारिक घोषणा भने अझै भएको छैन।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

मन पर्‍यो (१००%)

मन परेन (०%)

तटस्थ (०%)

रिस उठ्यो(०%)

प्रतिक्रिया दिनुहोस्