images
images
images

त्रिशुली नदीमा नयाँ पुल बनेसँगै यातायात सञ्चालनमा

images

पूर्वाधार वाच, नुवाकोट ।

बिदुर नगरपालिका-१ स्थित त्रिशुली नदीमा नयाँ पुल बनेसँगै यातायात सञ्चालनमा आएको छ ।

जिल्लाकै पहिलो त्रिशुली जलविद्युत केन्द्र निर्माणको क्रममा करिब ६ दशकअघि निर्माण गरिएको पुरानो पुल जीर्ण र जोखिमयुक्त बनेपछि बिदुर-१ स्थित त्रिशुलीमा नयाँ पुल निर्माण गरिएको हो ।

नयाँ पुलबाट यातायात सञ्चालनसँगै पुरानो पुलमा हुनसक्ने सम्भावित जोखिम हट्नुका साथै जिल्लाकै प्रमुख व्यापारिक केन्द्र त्रिशुली बजार क्षेत्रमा सवारी जामको समस्या हटेको छ ।

२०२० सालमा बनेको ८ मेट्रिक टन क्षमताको सिंगल लेनको पुरानो पुल जीर्ण भएका कारण दुर्घटनाको जोखिम बढेपछि पुरानो पुलको करिब १ सय ५० मिटरको दूरीमा नयाँ पुल निर्माण गरिएको हो ।

६० मिटर लामो, ११ मिटर चौँडा डबल लेनको नयाँ पुल ८ करोड रुपैयाँको लागतमा बनेको हो ।

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

मन पर्‍यो (१००%)

मन परेन (०%)

तटस्थ (०%)

रिस उठ्यो(०%)

प्रतिक्रिया दिनुहोस्