images
images
images

ट्रम्पले कुर्सी सम्हालेकाे ‘दुई सेकेन्ड’भित्र विशेष वकिल हटाउने, पहिलाे दिनमै गर्नेछन् यी ७ काम

images

पूर्वाधार वाच, काठमाडौं ।

डोनाल्ड ट्रम्प फेरि एकपटक अमेरिकाको राष्ट्रपति बन्न गइरहेका छन्। यस यात्रामा उनले आप्रवासन, अर्थतन्त्र र रुस युक्रेन युद्धलगायतका कयौं मुद्दाहरूमा कदम चाल्ने चुनावी वाचा गरेका छन्।

उनको रिपब्लिकन पार्टीले पनि सिनेटमा फेरि बहुमत हासिल गरेको छ । यसबाट अमेरिकी संसदमा उनलाई आफ्ना राजनीतिक मुद्दाहरूको पक्षमा प्रचुर समर्थन मिल्ने देखिन्छ।

आफ्नो जितको अवसरमा दिएको भाषणमा ट्रम्पले एक शपथ लिए। उनले भने, ‘म एक सामान्य आदर्श वाक्यअन्तर्गत काम गर्नेछु: जुन वाचा गरियो, त्यो निभाइनेछ। हामी हाम्रा वाचा पूरा गर्न गइरहेका छौं।’

यद्यपि, केही मामिलामा उनले आफ्ना यी उद्देश्य कसरी प्राप्त गर्ने भन्ने विषयमा धेरै कम विवरण दिएका छन्।

सन् २०२३ मा फक्स न्यूजले उनलाई सोधेको थियो, सत्ता प्राप्त गरेपछि के उनी आफ्नो शक्तिको दुरुपयोग गर्नेछन् वा आफ्ना राजनीतिक विरोधीहरूलाई निशाना बनाउनेछन् ?

तब उनले जवाफ दिएका थिए कि ‘पहिलो दिनलाई छोडेर’, उनी यस्तो गर्ने छैनन्। उनले भने, ‘होइन, होइन, होइन, पहिलो दिनलाई छोडेर मात्र। हामी हाम्रो सिमाना बन्द गर्नेछौं, हामी ड्रिल गर्नेछौं, ड्रिल गर्नेछौं, ड्रिल गर्नेछौं। त्यसपछि, म बिल्कुल तानाशाह होइन।’

१. अवैध आप्रवासीहरूलाई फिर्ता पठाउने

चुनावी प्रचार अभियानको दौरान ट्रम्पले अवैध आप्रवासीहरूलाई देशबाट निकाल्ने वाचा गरेका थिए। उनका अनुसार, यो अमेरिकी इतिहासकै सबैभन्दा ठूलो सामूहिक निष्कासन हुनेछ।

ट्रम्पको पहिलो कार्यकालमा मेक्सिकोसँग जोडिएको सिमानामा पर्खाल बनाउने काम सुरु भएको थियो। उनले यस कामलाई पूरा गर्ने वाचा पनि गरेका छन्।

पछिल्लो वर्षको अन्त्यतिर जो बाइडेन-ह्यारिस प्रशासनको समयमा अमेरिकाको दक्षिणी सिमानाबाट आउनेहरूको संख्या कीर्तिमान स्तरमा पुगेको थियो। यद्यपि, यस वर्ष यसमा कमी आएको देखिएको छ।

विशेषज्ञहरूले बताए अनुसार ट्रम्पले जुन ठूलो संख्यामा मानिसहरूलाई देशबाट बाहिर निकाल्ने वाचा गरेका छन्, त्यसमा कानुनी र अन्य प्रकारका चुनौतीहरूको सामना गर्नु पर्नेछ। यसले आर्थिक विकास सुस्त हुन सक्ने आशंका छ।

२. अर्थतन्त्र, कर र ट्यारिफमा पहल गर्ने

एग्जिट पोलका आँकडाहरूले देखाउँछन् कि अमेरिकी मतदाताहरूका लागि अर्थतन्त्र एउटा महत्वपूर्ण मुद्दा थियो।

ट्रम्पले ‘महँगीलाई अन्त्य गर्ने’ वाचा गरेका छन्। राष्ट्रपति जो बाइडेनको कार्यकालमा एक समयमा महँगी दर ऐतिहासिक स्तरसम्म बढेको थियो।

तर महँगी दरमा फेरि गिरावट पनि आयो। यद्यपि, मूल्यहरूमा सीधा प्रभाव पार्ने राष्ट्रपतिको शक्ति सीमित हुन्छ।

ट्रम्पले सन् २०१७ मा सुरु गरेको आफ्ना आमूल परिवर्तनको योजनालाई अघि बढाउने र व्यापक स्तरमा करमा कटौती गर्ने वाचा पनि गरेका छन्।

ट्रम्पले ‘टिप इनकम’ लाई कर-मुक्त बनाउने, सामाजिक सुरक्षासँग सम्बन्धित भुक्तानीमा कर अन्त्य गर्ने र कर्पोरेट करमा कटौती गर्ने प्रस्ताव पनि दिएका छन्।

(अमेरिकामा कुनै काम गर्ने व्यक्तिको महिनामा ३० भन्दा बढी टिप आम्दानी भएमा त्यसलाई ‘टिप इनकम’ मानिन्छ।)

व्यापार घाटा घटाउन उनले अधिकांश विदेशी सामानहरूमा कम्तीमा १० प्रतिशतको नयाँ ट्यारिफ लगाउने प्रस्ताव पनि गरेका छन्। उनले भनेका छन् कि चीनबाट आउने आयातमा यसका अतिरिक्त ६० प्रतिशत ट्यारिफ लगाउन सकिन्छ।

यसमा केही अर्थशास्त्रीहरूले चेतावनी दिएका छन् कि यस्ता कदमहरूले उपभोक्ताहरूमा भार बढाउन सक्छ र मूल्यहरू बढ्न सक्ने सम्भावना छ।

३‍.६जनवरीकाकेही आक्रामणकारीहरुलाई माफी

सन् २०२० मा जो बाइडेन चुनाव जितेका थिए। उनको जीतलाई अस्वीकार गर्दै ट्रम्प समर्थकहरूले अमेरिकी संसद भवन क्यापिटल बिल्डिङमा हमला गरेका थिए।

ट्रम्पले भनेका छन् कि उनी ६ जनवरी २०२१ मा वाशिङ्टन डीसीमा भएका दंगाहरूको अपराधमा दोषी ठहरिएका केही व्यक्तिहरूलाई ‘दोषमुक्त’ गर्नेछन्।

यस क्रममा भएका धेरै मृत्युहरूको जिम्मेवार यही हिंसालाई ठहराइएको थियो। यो हिंसा भड्काएको आरोप ट्रम्पमाथि लगाइएको थियो।

ट्रम्पले दंगाको महत्त्वलाई कम आँक्ने काम गरेका छन्। यति मात्र होइन, दोषी ठहराइएका सयौं समर्थकहरूको बचाउ गर्दै उनीहरूलाई राजनीतिक कैदीको रूपमा प्रस्तुत गर्ने काम पनि गरेका छन्।

उनी बारम्बार भन्दै आएका छन् कि तीमध्ये धेरैलाई ‘गलत तरिकाले कैद गरिएको’ छ। यद्यपि, उनले यो पनि स्वीकारेका छन् कि ‘सायद तीमध्ये केही त्यतिबेला नियन्त्रणभन्दा बाहिर गएका थिए।’

४. विशेष वकिल ज्याक स्मिथको बर्खास्ती

ट्रम्पले कसम खाएका छन् कि राष्ट्रपति पद सम्हालेको ‘दुई सेकेन्डभित्र’ उनी आफूविरुद्ध दुई आपराधिक जाँचको मुद्दाको नेतृत्व गर्ने अनुभवी वकिललाई बर्खास्त गर्नेछन्।

विशेष वकिल ज्याक स्मिथले ट्रम्पलाई सन् २०२० को चुनाव परिणाम उल्ट्याउने कथित प्रयासहरू र वर्गीकृत दस्तावेजहरूको कथित दुरुपयोगको लागि दोषी ठहराएका थिए। यद्यपि ट्रम्प आफूले कुनै पनि अवैध काम गरेको अस्वीकार गर्दै आएका छन्।

यति मात्र होइन, उनले चुनावअघि यी मुद्दाहरूको सुनुवाइ रोक्नसमेत सफल भएका छन्। उनी भन्छन्, स्मिथले उनलाई ‘राजनीतिक दुश्मनी’को सिकार बनाएका छन्।

ट्रम्प पहिलो यस्ता राष्ट्रपतिको रुपमा ह्वाइट हाउस पुनरागमन गर्नेछन् जो आपराधिक मुद्दामा दोषी ठहराइएका छन् । उनलाई न्यूयोर्कमा व्यापारिक कागजातहरूमा हेरफेर गरेको मुद्दामा दोषी ठहराइएको थियो।

५‍. यूक्रेन युद्ध समाप्त गर्नेरूससँग यूक्रेनको युद्ध चलिरहेको छ। अमेरिकाले यस युद्धमा यूक्रेनको समर्थन गर्दै आएको छ। ट्रम्पले यस समर्थनको लागि अमेरिकाद्वारा दशौं अरब डलर खर्च गरेको बारे आलोचना गरेका छन्।

उनले संकल्प गरेका छन् कि उनी वार्ता र सम्झौताका माध्यमबाट ‘२४ घण्टाभित्र’ यो युद्ध समाप्त पारिदिनेछन्। यद्यपि उनले यो स्पष्ट पारेका छैनन् कि दुवै पक्षले के के छोड्नुपर्ने वा के के गर्नुपर्ने हो।

अर्कोतर्फ, डेमोक्रेटहरूले पनि यस्तो कदमले राष्ट्रपति भ्लादिमिर पुटिनको हौसला बढाउनेछ। ट्रम्प चाहन्छन् कि अमेरिका सामान्यतया यस्ता सबै विदेशी संघर्षहरूबाट आफूलाई अलग राखोस्।

जहाँसम्म गाजामा जारी युद्धको कुरा छ, ट्रम्पले आफूलाई इजरायलको कट्टर समर्थक भनेका छन्। यद्यपि, उनले अमेरिकाको सहयोगी इजरायलसँग द्वन्द्व समाप्त गर्नको लागि अपील गरेका छन्।

यसैसँग जोडिएको हिंसा लेबनानमा पनि भइरहेको छ। उनले बिना कुनै विशेष प्रतिक्रिया नदिई यसलाई पनि समाप्त गर्ने वाचा गरेका छन्।

६. गर्भपतनमा कुनै प्रतिबन्ध नहुने

आफ्ना केही समर्थकहरूको इच्छा विरोधमा, ट्रम्पले कमला हैरिससँगको राष्ट्रपति पदको बहसको क्रममा भनेका थिए कि उनले राष्ट्रिय स्तरमा गर्भपातमा प्रतिबन्ध लगाउने कुनै कानूनी दस्तावेजमा हस्ताक्षर गर्ने छैनन्।

सन् २०२२ मा गर्भपातको राष्ट्रव्यापी संवैधानिक अधिकारलाई सुप्रीम कोर्टले उल्टाएको थियो।तत्कालीन समयमा सुप्रीम कोर्टमा संकीर्ण र रूढीवादी न्यायधीशहरूको बहुमत थियो।

ती न्यायधीशहरू ट्रम्पको राष्ट्रपति पदको पहिलो कार्यकालपछि आएका थिए। ह्यारिसका लागि प्रजनन अधिकार चुनावी अभियानको एक प्रमुख मुद्दा बनिसकेको थियो।

यति मात्र होइन, धेरै राज्यहरूले त मतदानको दिन गर्भपातका अधिकारहरूको रक्षा वा यसको विस्तारका उपायहरूको अनुमोदन गरेका थिए।

ट्रम्पले आफूले लगातार भनेका छन् कि गर्भपातसँग सम्बन्धित आफ्ना कानूनी निर्णय गर्नका लागि राज्यहरूलाई स्वतन्त्र छाडिदिनुपर्छ। यद्यपि, यस मुद्दामा उनको आफ्नै विचार धेरै स्पष्ट छैनन्।

७. जलवायुसँग सम्बन्धित नियमहरूमा कटौती

राष्ट्रपतिको रूपमा आफ्नो पहिलो कार्यकालको दौरान ट्रम्पले वातावरण संरक्षणसँग सम्बन्धित सयौं उपायहरू फिर्ता लिएका थिए।

यति मात्र होइन, उनको कार्यकालमा नै अमेरिका पेरिस जलवायु सम्झौताबाट बाहिर निस्कने पहिलो देश बन्यो।

यस पटक पनि उनले जलवायुसँग सम्बन्धित नियमहरूमा कटौती गर्ने संकल्प लिएका छन्। उनी विशेष गरी अमेरिकी कार उद्योगलाई फाइदा पुर्‍याउनका लागि यस्तो गर्न चाहन्छन्।

उनले लगातार विद्युतीय सवारीहरुमाथि हमला गरेका छन्। बाइडनले इलेक्ट्रिक कारहरू अपनाउनका लागि प्रोत्साहनको नीति अपनाएका थिए र यसका लागि लक्ष्यहरू समेत तय गरेका थिए। तर ट्रम्पले यसलाई उल्ट्याउने बाचा गरेका छन्।

उनले अमेरिकामा ग्यास, तेल, कोइला…जस्ता जीवाश्म इन्धनको उत्पादन बढाउने पनि संकल्प लिएका छन्।

यसैले उनले पवन ऊर्जा जस्ता नवीकरणीय वा अक्षय ऊर्जा पक्षमा समर्थन गर्दै पहिलो दिनदेखि नै ‘ड्रिल…ड्रिल… ड्रिल….’ को कसम खाएका छन्।

उनी आर्कटिक जस्ता क्षेत्रलाई तेलको ड्रिलिङको लागि खोल्न चाहन्छन्। उनको तर्क छ कि यसले ऊर्जा लागत घटाउनेछ। यद्यपि, विशेषज्ञहरूले यस विषयमा शंका व्यक्त गरेका छन्।

(विभिन्न अन्तराष्ट्रिय समाचार एजेन्सीहरको सहयोगमा विष्णु रैगाईंले तयार पारेको सामग्री)

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

मन पर्‍यो (१००%)

मन परेन (०%)

तटस्थ (०%)

रिस उठ्यो(०%)

प्रतिक्रिया दिनुहोस्