images
images
images

ह्यारिसको हारमा बाइडेन जिम्मेवार रहेको पेलोसीको टिप्पणी

images

पूर्वाधार वाच, काठमाडौं।

अमेरिकी पूर्व सभामुख न्यान्सी पेलोसीले अमेरिकी चुनावमा कमला ह्यारिसको हारमा राष्ट्रपति जो बाइडेन जिम्मेवार रहेको बताएकी छन् ।

चुनावको परिणामपछि पहिलो पटक प्रतिक्रिया दिदै पेलोसीले बाइडेनले पहिले नै राष्ट्रपतिको उम्मेदवारीबाट बाहिरिएको भए डेमोक्र्याटिक पार्टीको लागि स्थिति राम्रो हुने टिप्पणी गरेकी हुन् ।

डेमोक्रेटिक पार्टीकी नेतृ रहेको पेलोसीले एक पोडकास्ट अन्तर्वार्तामा बाइडेनले पहिले नै आफ्नो दाबेदारी छोडेको भए डेमोक्रेटिक पार्टीबाट राष्ट्रपतिको उम्मेदवार अरु कोहि नै हुने पनि दाबि गरेकी छन् ।

पेलोसीले पार्टीको राष्ट्रपतिको मनोनयनमा धेरै उम्मेद्वारहरू समावेश हुने र अहिलेको भन्दा अवस्था फरक हुनसक्ने बताएकी छन् । बाइडेनले फेरि चुनाव लड्ने इच्छा व्यक्त गरेपछि पार्टीले अन्य उम्मेदवारलाई विचार नै नगरेपछि डेमोक्रेटिक पार्टीबाट अन्य उम्मेदवार बन्ने सम्भावना बनेको थिएन ।

ह्यारिस निर्वाचनमा डोनाल्ड ट्रम्पसँग पराजित भएपछि डेमोक्रेटिक पार्टी भित्र अहिले आरोप प्रत्यारोप चलिरहेको छ । डेमोक्रेटिक पार्टीका केहि समुहले अहिले पुर्व राष्ट्रपति बाराक ओबामालाई समेत ह्यारिसको हारको जिम्मेवार भनेका छन् ।

पेलोसीले बाइडेनले ट्रम्पसँगको पहिलो सार्वजनिक बहसपछि राष्ट्रपतिको दौडबाट बाहिरिने निर्णय परेपछि पार्टीले तुरुन्तै कमला ह्यारिसको नाममा सहमति बनाएको बताएकी छन् । उनले राष्ट्रपति बाइडेनले तुरुन्तै ह्यारिसलाई समर्थन गरेपछि अन्य उम्मेदवारले सोच्ने समय समेत नपाएको टिप्पणी गरेकी छन् ।

पेलोसी यस निर्वाचनमा क्यालिफोर्नियाबाट २०औं पटक तल्लो सदनका लागि निर्वाचित भएकी छन् । पेलोसी २००७ देखि २०११ सम्म र २०१९ देखि २०२३ सम्म अमेरिकी सभामुख बनेकी थिइन् ।

डेमोक्रेटिक पार्टीकी प्रभावशाली नेतृ पेलोसीलाई यस अघि डेमोक्रेटबाट राष्ट्रपतिको उम्मेदवारको रुपमा पनि हेरिएको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

मन पर्‍यो (१००%)

मन परेन (०%)

तटस्थ (०%)

रिस उठ्यो(०%)

प्रतिक्रिया दिनुहोस्