images
images
images

तोकिएकै समयमा निर्माण नसकिएपछि ग्वार्को फ्लाइओभरमा भौतिक मन्त्रीको चासो

images

पूर्वाधार वाच,काठमाडौं ।

भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहालले ग्वार्कोमा निर्माणाधिन फ्लाई ओभरको स्थलगत निरीक्षण गरेका छन् । निरीक्षणको क्रममा मन्त्री दाहालले फ्लाई ओभर निर्माणको कामलाई गति दिन निर्देशन दिएको उनको सचिवालयले जानकारी दिएको छ ।

निरीक्षण टोलीमा मन्त्री दाहाल सहित मन्त्रालयका सचिव केशवकुमार शर्मा, सडक विभागका महानिर्देशक रामहरी पोखरेल लगायतका अधिकारीहरु सहभागी रहेका थिए ।

२०७९ सालको पुस महिनाबाट सुरु भएको ग्वार्को फ्लाईओभर निर्माणको काम गत फागुन मसान्तमा सक्नुपर्ने थियो । तर तोकिएको समयमा सम्पन्न भएको छैन ।

ग्वार्को फ्लाई–ओभर ४९० मिटर रहनेछ । जहाँ बालकुमारी तर्फबाट २८० मिटर लामो र्‍याम  र सातदोबाटोबाट तर्फबाट १३५ मिटर लामो र्‍याम रहनेछ । फ्लाई–ओभरको उचाइ भने अन्तर्राष्ट्रिय मापदण्डअनुसार नै ६ मिटरको रहनेछ ।

हाल चक्रपथ आठ लेनको रहेको छ । त्यसको बीचमा चार लेनलाई फ्लाई–ओभरमार्फत माथि उठाइनेछ र चक्रपथमै आवतजावत गर्ने सवारीहरू चल्नेछन् । मङ्गलबजार इमाडोल मङ्गलबजार सञ्चालन हुने सवारीहरू भने फ्लाईओभर मुनिबाट चल्नेछन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

मन पर्‍यो (१००%)

मन परेन (०%)

तटस्थ (०%)

रिस उठ्यो(०%)

प्रतिक्रिया दिनुहोस्