images
images
images

नागढुंगा सुरुङमार्गको सिस्ने खोला क्षेत्रमा यातायात आंशिक बन्द हुने

images

पूर्वाधार वाच, काठमाडौं ।

जिल्ला प्रशासन कार्यालय धादिङले भोलि बिहीबारदेखि नागढुंगा सुरुङमार्ग निर्माण आयोजनाबाट काठमाडौं–धादिङ सुरुङ मार्गको सिस्ने खोला (त्रिभुवन राजपथ) क्षेत्रमा यातायात आंशिक बन्द गरिने जनाएको छ ।

कार्यालयले एक सूचना जारी गर्दै सो क्षेत्रमा ढलान काट्ने कार्य गर्नु पर्ने भएकाले कात्तिक २९ गतेदेखि मङ्सिर ५ गतेसम्म बिहान ११ बजे देखि दिउँसो २ बजेसम्म दुई तर्फी सडक २० मिनेट बन्द र २० मिनेट खुला रहने गरी सवारी साधन सञ्चालनमा रोक लगाइने जानकारी दिएको हो ।

एम्बुलेन्स र सुरक्षा निकायका सवारी साधनलाई भने रोक नहुने सहायक प्रमुख जिल्ला अधिकारी युवराज अर्यालद्वारा हस्ताक्षरित सूचनामा उल्लेख छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

मन पर्‍यो (१००%)

मन परेन (०%)

तटस्थ (०%)

रिस उठ्यो(०%)

प्रतिक्रिया दिनुहोस्