images
images
images

मुग्लिङ-पोखरा सडकखण्ड आजदेखि दैनिक साढे ४ घण्टा बन्द हुने

images

पूर्वाधार वाच, काठमाडौं ।

मुग्लिङ(पोखरा सडकखण्ड आजदेखि दैनिक साढे ४ घण्टा बन्द हुने भएको छ ।

तनहुँ प्रहरीका अनुसार मुग्लिन पोखरा सडक खण्डको छिर्कनदेखि देउराली सडक खण्डको निर्माणको काम गरिने भएकाले आजदेखि २३ गतेसम्म हरेक दिन साढे ४ घण्टा बन्द हुने भएको हो ।

सडकराति ११ बजेदेखि बिहान १ बजेसम्म तथा बिहान साढे एक बजेदेखि चार बजेसम्म पूर्ण रुपमा बन्द हुने प्रहरीले जनाएको छ ।

सो समयमा सडक पूर्ण बन्द गरेर निर्माणको काम गरिने भएको छ । सो समयमा आकस्मिक अवस्थामा भने सवारी पास गराइने प्रहरीले जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

मन पर्‍यो (१००%)

मन परेन (०%)

तटस्थ (०%)

रिस उठ्यो(०%)

प्रतिक्रिया दिनुहोस्