images
images
images

अवरूद्ध कर्णाली राजमार्ग सञ्चालनमा

images

पूर्वाधार वाच, नौमुले ।

जुम्लाबाट टिकापुर जाँदै गरेको ना ४ ख ६०५६ नम्बरको बस कर्णाली राजमार्गअन्तर्गत दैलेखको आठविस नगरपालिका–३ सिस्नेमा दुर्घटना हुँदा अवरूद्ध भएको कर्णाली राजमार्ग सञ्चालनमा आएको छ ।

बसको ब्रेक फेल हुँदा भित्तामा ठोकिएर सडकमा तेर्सिएर राजमार्ग अवरूद्ध भएको थियो । राजमार्गमै बस ठोकिएर सडकमा तेर्सिएपछि राजमार्ग अवरूद्ध भएको थियो ।

राजमार्ग अवरूद्ध हुँदा यातायात आवागमन रोकिएको भए राति ८ बजेदेखि अवरुद्ध राजमार्ग सञ्चालनमा आएको जिल्ला ट्राफिक कार्यालय दैलेखका प्रमुख टोपबहादुर महताराले जानकारी दिए ।

प्रहरीका अनुसार आठ जना घाइते भएका छन् । उनीहरूको उपचारका लागि सुर्खेत पठाइएको छ । बसमा ३२ जना सवार थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

मन पर्‍यो (१००%)

मन परेन (०%)

तटस्थ (०%)

रिस उठ्यो(०%)

प्रतिक्रिया दिनुहोस्