images
images
images

गौरमा मोबाईल चोरी गर्ने २ जना चोर रंगेहात पक्राउ

images

पूर्वाधार वाच, रौतहट । 

रौतहटको सदरमुकाम गौर स्थित एकै रातमा छुट्टाछुट्टै दुई पसलको ताल्चा फुटाएर लाखौंको मोबाईल चोरी गर्ने दुईजना चोरलाई प्रहरीले रंगेहात पक्राउ गरेको छ ।

चोरीको मोबाईल सहित पक्राउपर्नेहरुमा स्थानिय राजदेवी नगरपालिका ९ ब्रहमापुरिका सोनालाल मण्डलको छोरा बर्ष १९ को शिवजी मण्डल र सोही ठाउँका १८ बर्षीय निरज मण्डल रहेको जिल्ला प्रहरी प्रवक्ता डीएसपी दिपक कुमार रायले बताएका छन्।

उनीहरू माथी बिहीवार चोरी सम्बन्धी मुद्दा दायर गरी जिल्ला अदालत गौर बाट म्याद थप गरी थप अनुसन्धान भइरहेको प्रवक्ता डिएसपी रायले जानकारी दिएका छन्।

गत बुधवार राती उनीहरूले गौर स्थित चौधरी मार्केट भित्र नेशनल मोबाईल पसलको ताल्चा फुटाएर १५ थान मोबाईल चोरेर लागेका थिए। लगत्तै राति डेढ बजे गौर स्थित बरहवा पुल नजिक गौर इन्टर प्राईजेज मोबाईल पसलको ताल्चा फुटाएर ४ वटा मोबाईल चोरी गरेको थियो।

सोही क्रममा जिल्ला प्रहरी कार्यालय रौतहटको गस्ती टोली र स्थानीय मिलेर दुबैजना लाई चोरी गर्दा रंगेहात पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय रौतहटको सूचनामा उल्लेख गरिएको छ। पक्राउ परेका दुवैजना जिल्ला प्रहरी कार्यालय रौतहटको नियन्त्रणमा रहेको छ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

मन पर्‍यो (१००%)

मन परेन (०%)

तटस्थ (०%)

रिस उठ्यो(०%)

प्रतिक्रिया दिनुहोस्