images
images
images

विद्युत् प्रसारण लाइनमुनि रहेका घरटहरा तथा संरचना हटाउन महानगरको उर्दी

images

पूर्वाधार वाच, काठमाडौं।

विद्युत् प्रसारण लाइनमुनि रहेका घरटहरा तथा संरचना हटाउनुपर्ने भएको छ । काठमाडौं महानगरपालिकाले एक सार्वजनिक सूचनामार्फत यस्ता संरचना हटाउन सम्बन्धित सबैलाई आग्रह गरेको हो ।

सूचना अनुसार मापदण्ड अनुसार विद्युत् प्रसारण लाइन तथा वितरण लाइनको मुनि तथा दायाँबायाँ रहेका संरचना हटाउनुपर्ने छ ।

सूचनामा विद्युत् प्रसारण लाइन आसपास भवन निर्माण गर्दा विद्युत् ऐन २०४९ र विद्युत् नियमावली २०५० ले तोकेबमोजिममा प्रावधान पालना हुनुपर्ने उल्लेख गर्दै यस्तो प्रावधानको उल्लङ्घन भएको पाइएको महानगरले जनाएको छ ।

खास गरी घरटहरा विद्यालय भवन ग्यारेज पर्खाल जस्ता संरचना प्रसारण लाइनमुनि बनेको पाइएको भन्दै महानगरले त्यस्ता संरचना हटाउन निर्देशन गरेको हो । ३५ दिनको अवधि दिँदै जारी सूचनामा यस्ता संरचना आफैँ नहटाए महानगरले कानुनबमोजिम कारबाही गर्ने जनाएको छ ।

मापदण्ड अनुसार २३० केभीदेखि ११ हजार केभीसम्मको प्रसारण लाइनभन्दा १२५ मिटर र सोभन्दा माथिको क्षमताकोमा १.५ मिटर टाढा रहनुपर्ने प्रावधान छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

मन पर्‍यो (१००%)

मन परेन (०%)

तटस्थ (०%)

रिस उठ्यो(०%)

प्रतिक्रिया दिनुहोस्