पूर्वाधार वाच, काठमाडौं ।
प्राविधिक सेवातर्फका सचिव गोपाल सिग्देलको तीन वर्षको अवधिमा सातौं पटक सरुवा भएको छ ।
सचिव मणिराम गेलाल अनिवार्य अवकाशमा गएपछि सचिव सिग्देल शहरी विकासमा सरुवा भएका हुन् । शहरी विकास मन्त्रालयमा सचिव पद रिक्त थियो ।
आइतबार बसेको मन्त्रिपरिषद् बैठकले सिग्देललाई शहरी विकास मन्त्रालय पठाउने निर्णय गरेको थियो ।
सोमबार मन्त्रालयमा कर्मचारीहरुले सचिव सिग्देलको स्वागत गरेलगत्तै उनले कार्यभार सम्हालेका छन् । उनी यसअघि जल तथा उर्जा आयोगमा सचिव थिए ।
जागिरे जीवनको अधिकांश समय भौतिक पूर्वाधार मन्त्रालयत अन्तर्गतको सडक विभागमा काम गरेका सिग्देललाई केही समय पहिले उर्जा सचिवबाट सरुवा गरेर आयोगमा पठाइएको थियो ।
सिग्देल भौतिक पूर्वाधार र उर्जा मन्त्रालय तथा उर्जा आयोगमा पालैपालो गरेर पछिल्लो ७ महिनामा चार पटक सरुवा भएका थिए।
२०७८ असोज १४ मा सचिवमा बढुवा भएपछि पटक–पटक सरुवा भएका कारण एक ठाउँमा उनले सरदर ५ देखि ६ महिना मात्र काम गर्ने अवसर पाएका छन् । केही समय अघि सिग्देललाई उर्जामन्त्री दिपक खड्काले आयोगमा पठाएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
मन पर्यो (१००%)
मन परेन (०%)
तटस्थ (०%)
रिस उठ्यो(०%)












प्रतिक्रिया दिनुहोस्