images
images
images

शहीद स्मारक ‘बी’ डिभिजन लिग माघ १३ गतेदेखि

images

पूर्वाधार वाच, काठमाडौं ।

शहीद स्मारक ‘बी’ डिभिजन लिग आगामी माघ १३ गतेदेखि सुरू हुने भएको छ । अखिल नेपाल फुटबल संघले एक सूचना जारी गर्दै शहीद स्मारक ‘बी’ डिभिजन लिग माघ १३ गतेदेखि सुरु हुने जनाएको छ ।

साथै एन्फाले शहीद स्मारक ‘बी’ डिभिजन लिगमा सहभागी १४ क्लबहरूले यसअघिको लिगको बाँकी रकम बुझिलिएका जनाएको छ ।

क्लबहरूले एन्फाबाट प्रतिक्लब ६ लाख ५० हजार रुपैयाँ बुझिलगेका हुन्। यससँगै पुरानो लिगअन्तर्गत पाउनुपर्ने १२ लाख ५० हजारमध्ये बाँकी सम्पूर्ण दायित्व पूरा भएको छ।

आगामी माघ १३ ९जनवरी २६, २०२५०गतेबाट सुरु हुने नयाँ लिगको तयारी थालिएको छ । जसका लागि झापा फुटबल क्लब, प्लानिङ ब्वाइज युनाइटेड, श्रीभगवती क्लब, वीरगन्ज युनाइटेड, बाँसबारी क्लब, र श्रीकुमारी क्लबले तयारीको पहिलो किस्ताका रूपमा प्रति क्लब रु ८ लाख ७० हजार ९१४,५०,००० को ६०५० रकम समेत बुझी लगेका छन्।

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

मन पर्‍यो (१००%)

मन परेन (०%)

तटस्थ (०%)

रिस उठ्यो(०%)

प्रतिक्रिया दिनुहोस्