images
images
images

सर्बिया पठाइदिने भन्दै ठगी गरेको आरोपमा २ जना पक्राउ

images

पूर्वाधार वाच, काठमाडौं ।

सर्बियामा आकर्षक तलब पाउने प्रलोभन देखाएर ठगी गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा रामेछापको लिखुतामाकोसी गाउँपालिका-३ बिजुलीकोट घर भई काभ्रेको बनेपा नगरपालिका-९ नयाँबस्ती बस्ने ३४ वर्षीय उखिल बम्जन र कैलालीको टिकापुर नगरपालिका-१ घर भई हाल काठमाडौंको महानगरपालिका-१० बुद्धनगरमा बस्ने २६ वर्षीय कमल रावल रहेका छन् ।

प्रहरीका अनुसार बम्जनलाई काठमाडौं-९ पिङ्‍गलास्थानबाट बुधबार र रावललाई ताहाचालबाट बिहीबार नियन्त्रणमा लिइएको हो ।

बम्जनले पीडितसँग १ लाख ४० हजार र रावलले १ लाख ५० हजार रुपैयाँ असुली गरेको उजुरीको आधारमा पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

मन पर्‍यो (१००%)

मन परेन (०%)

तटस्थ (०%)

रिस उठ्यो(०%)

प्रतिक्रिया दिनुहोस्