images
images
images

सानो गौचरण स्टेडियममा कम गुणस्तरको बालुवा भेटेपछि प्रयोगमा रोक

images

पूर्वाधार वाच, काठमाडौं ।

काठमाडौं महानगरपालिका उपप्रमुख सुनिता डङ्गोल संयोजक रहेको अनुगमन समितिले पुनर्निर्माण भइरहेको सानो गौचरणस्थित स्टेडियमको अनुगमन गरेको छ ।

करिब एकहप्ता अघिमात्रै शिलान्यास गरेर पुनर्निर्माण भइरहेको स्टेडियमको अनुगमन गर्न उपप्रमुख डङ्गोल सहरी योजना आयोगका उपाध्यक्ष डा. सुमननरसिंह राजभण्डारीसहित सानो गौचरण पुग्दा त्यहाँ काम धमाधम भइरहेको थियो ।

१८ करोड ८६ लाख ७४ हजार ८ सय २७ रुपैयाँ कबोल गरेर शुभ कन्स्ट्रक्सनले पुनर्निर्माणको गरिरहेको सो स्थानमा डङ्गोलसहितको अनुगमन टोली पुग्दा कतै गिटी–बालुवाका पहाड थिए भने कतै फलामहरू असरल्ल थिए ।

कामदारहरू काममा व्यस्त देखिन्थे । प्राविधिकसहितको टोली लिएर डङ्गोल त्यहाँ पुगेपछि त्यहाँका राखिएका बालुवा, गिटी, रड सबैको अनुगमन गरिएको थियो ।

अनुगमनकै क्रममा त्यहाँ राखिएको बालुवा कम गुणस्तरको देखिएपछि उपप्रमुख डङ्गोलले तत्काल निर्देशन दिँदै ढलान कार्यमा रोक लगाएकी छन् ।

अन्य सामग्रीहरुको भने ल्याब टेस्ट गर्न पठाइएको छ । ‘२८ वटा चार पाङ्ग्रे र १ सय ७८ वटा २ पाङ्ग्रे सवारी साधन अट्ने क्षमताको पार्किङ रहेको यो स्टेडियम १ हजार ५ सय दर्शक क्षमताको छ,’ डङ्गोलले भनिन्– ‘यो विशेष महत्वको संरचना पनि हो ।

त्यसैले हामीले यहाँ विशेष महत्त्व दिएर अनुगमन गरेका हौँ ।’ २०८२ चैत मसान्तसम्म सम्पन्न गर्ने गरी स्टेडियमको काम भइरहेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

मन पर्‍यो (१००%)

मन परेन (०%)

तटस्थ (०%)

रिस उठ्यो(०%)

प्रतिक्रिया दिनुहोस्