images
images
images

धरहराभन्दा अग्लो ‘दमक भ्यू टावर’ उद्घाटन

images

पूर्वाधार वाच, झापा ।

प्रधानमन्त्री केपी शर्मा ओलीले झापाको दमकस्थित काठमाडौंको धरहराभन्दा अग्लो भ्यूटावरको उद्घाटन गरेका छन् ।  दमक नगरपालिका-३, दापगाछीस्थित दमक व्यापारिक कम्प्लेक्सको आज उद्घाटन गरेका हुन् । मुख्य बजार क्षेत्रबाट चार किमी दुरीमा पर्ने सो १८ तले कम्प्लेक्स रु १ अर्ब ६३ करोड ५४ लाख ४६ हजार लागतमा बनेको हो ।

चार बिघा १६ कठ्ठा क्षेत्रफलमा फैलिएको सो कम्प्लेक्सलाई घरेलु र विदेशी पर्यटकको प्रमुख गन्तव्यका रूपमा विकास गर्ने सरकारको अवधारणा रहेकोे छ ।

भव्य जनसहभागितामा भएको उद्घाटन कार्यक्रममा प्रथम महिला राधिका शाक्य, उपप्रधानमन्त्री एवं सहरी विकासमन्त्री प्रकाशमान सिंह, कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कार्कीलगायत सहभागी थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

मन पर्‍यो (१००%)

मन परेन (०%)

तटस्थ (०%)

रिस उठ्यो(०%)

प्रतिक्रिया दिनुहोस्