पूर्वाधार वाच, काठमाडौं।
सिरियाका राष्ट्रपति बसर अल असादको नीजी ग्यारेजमा दर्जनौं महंगा कार भेटिएका छन् ।
बिद्रोहीहरूले राजधानी सहर कब्जा गरे पछि भागेर रूस पुगेका असादको नीजि ग्यारेजमा विश्वकै महंगा कारहरूको संकलन रहेको खुलेको हो ।
उनको सरकारी निवासमा पुगेका बिद्रोहीहरूले खिचेका भिडियो फुटेजमा ३ मिलियन भन्दा बढी मुल्य बराबरको कारहरू संकलन गरिएको देखिएको छ ।
अल मज्जेह छिमेकको उत्तरमा पश्चिमी दमास्कसको ठूलो गोदाममा ४० भन्दा बढी लक्जरी गाडीहरू भेटिएको छ ।
फुटेजमा देखिएका केही कारहरूमा रातो फेरारीसमेत समावेश छ, जुन अहिलेको भाउ अनुसार ३ मिलियन भन्दा बढीमा बिक्री हुन्छ, जहाँ एक ल्याम्बोर्गिनी, एक रोल्स रोयस र एक बेन्टले कार पनि फेला परेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
मन पर्यो (१००%)
मन परेन (०%)
तटस्थ (०%)
रिस उठ्यो(०%)












प्रतिक्रिया दिनुहोस्