images
images
images

फ्रान्स र जर्मनीले सशर्त सिरियाको नयाँ नेतृत्वसँग सहकार्य गर्ने घोषणा

images

बर्लिन ।

फ्रान्स र जर्मनी सशर्त सिरियाको नयाँ नेतृत्वसँग सहकार्य गर्न तयार देखिएका छन् ।

जर्मन चान्सलर ओलाफ स्कोल्ज र फ्रान्सेली राष्ट्रपति इमानुएल म्याक्रोनले सिरियाको नयाँ नेतृत्वलाई आधारभूत मानव अधिकार र जातीय र धार्मिक अल्पसंख्यकहरूको संरक्षणको आधारमा सहयोग गर्न तयार रहेको बताएका हुन् ।

जर्मन चान्सलरको एक विज्ञप्तिमा अनुसार उनीहरूले सिरियाको क्षेत्रीय अखण्डता र सार्वभौमिकताको संरक्षणको महत्त्व र युरोपेली संघले सिरियामा समावेशी राजनीतिक प्रक्रिया लाई समर्थन गर्ने बताएको छ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

मन पर्‍यो (१००%)

मन परेन (०%)

तटस्थ (०%)

रिस उठ्यो(०%)

प्रतिक्रिया दिनुहोस्