images
images
images

‘शहरी व्यवस्थापन र सेवा प्रवाहमा काठमाडौं महानगरकाे काम अनुकरणीय’

images

पूर्वाधार वाच, रुपन्देही ।

नागरिकलाई सरकारप्रति भरोसा गर्न जगाउन काठमाडौं महानगरपालिकाले अहम् भूमिका खेलेको उपराष्ट्रपति रामसहाय प्रसाद यादवले बताएका छन ।

आज टुँडिखेलमा आयोजना गरिएको ३० औँ महानगर दिवसको मुल समारोहमा बोल्दै उनले भने,  ‘जनस्स्वास्थ्य, वातावरणीय सुधार, सामुदायिक विद्यालयको शैक्षिक स्तरउन्नति, रोजगारी र आयसहित पूर्वाधार, आर्थिक तथा सामाजिक विकासका क्षेत्रमा महानगरपालिकाकाले सम्पन्न गरेका काम काम र हासिल गरेका उपलब्धि अनुकरणीय, अनुसरणीय र सिकाइ योग्य रहेका छन् ।’

‘गएको आर्थिक बर्षदेखि महानगरपालिकाले कार्यान्वयनमा ल्याएका महानगर गौरवका योजनाले दिगो रणनीतिक विकास र सहजतामा टेवा पुग्ने ठानेको छु । स्वर्णिम योजनाबाट आम नागरिकसँग प्रत्यक्ष जोडिएका स्वास्थ्य, शिक्षा, खेलकुद, सिप तथा क्षमता विकाससहित रोजगार प्रवर्धन, वातावरण सुधार र पूर्वाधार कार्यमा तत्काल लाभ प्राप्त हुन सक्ने ठानेको छु, उनले भने । 

त्यस क्रममा महानगरपालिकाका प्रमुख एवं दिवस मुल समारोह समितिका संयोजक बालेन्द्र शाह ‘बालेन’ले महानगरपालिकाको संस्थागत विकास र सु शासनमा योगदान पु-याउने सबैको योगदान कदर योग्य भएको बताए ।  ‘सफाइकर्मी, नगर प्रहरी, राष्ट्रसेवक कर्मचारीसहित काठमाडौँलाई काठमाडौं महानगरपालिका बनाउने सबैप्रति आभार प्रकट गर्न चाहन्छु,’ उनले भने ।

‘संघीय राजधानी सहर भएकोले यस सहरलाई सबैले आफ्नो भन्न सक्ने, बस्न योग्य, व्यवस्थित र सुरक्षित सांस्कृतिक सहर निर्माण गर्न क्षेत्रगत सहयोग निरन्तर प्राप्त भइरहने अपेक्षा गरेको छु,’ प्रमुख शाहले भने,  ‘इच्छुक सबै सहभागी हुन सक्ने गरी आज बेलुका सांगीतिक कार्यक्रम आयोजना हुन लागेको छ । काठमाडौँ भ्यु टावर र टुँडिखेलमै पनि पार्किङ् सुविधा उपलब्ध गराइएको छ । कार्यक्रममा सहभागी भइदिनु हुन सबैमा अनुरोध गर्दछु ।’

‘काठमाडौँलाई वैवभशाली र पहुँचयुक्त सहर बनाउन क्षेत्रगत नीति, योजना र कार्यक्रममार्पmत महानगरपालिकाले काम गरिरहेको छ,’ कार्यक्रममा बोल्दै उपप्रमुख सुनिता डंगोलले भनिन, ‘सन्तुलित विकास निर्माण, विकास व्यवस्थापन तथा सहरी सेवा सुविधाको न्यायोचित उपयोगका लागि आवश्यक सबै अङ्गको सवलीकरणलाई एकीकृत र समन्वयात्मक पद्धतिबाट कार्यान्वयन गरिरहेका छौँ ।’ नागरिकमैत्री, मितव्ययी, प्रभावकारी, नतिजामूलक, सहभागितामूलक र पारदर्शी सेवाका लागि सूचना प्रविधिको अधिकतम र प्रभावकारी प्रयोग गरिएको उनको भनाइ छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

मन पर्‍यो (१००%)

मन परेन (०%)

तटस्थ (०%)

रिस उठ्यो(०%)

प्रतिक्रिया दिनुहोस्