पूर्वाधार वाच, काठमाडौं ।
भौतिक पूर्वाधार मन्त्री देवेन्द्र दाहालले जनताको आवश्यकताको आधारमा पूर्वाधार निर्माणमा जोड दिनुपर्ने बताएका छन् ।
शुक्रबार नेपाल पूर्वाधार पत्रकार समाजको तेस्रो वार्षिक साधारणसभामा बोल्दै मन्त्री दाहालले यस्तो बताएका हुन् ।
विकास आयोजना निर्माण गर्दा त्यस्ता संरचनाहरुबाट प्रतिफल प्राप्त हुने किसिमको हुनुपर्ने समेत बताए ।
मन्त्री दाहालले वातावरणीय प्रभाव, दिगो विकास लगायतका विषयमा समेत ध्यान दिनुपर्नेमा जोड दिए ।
निर्माण व्यवसायीहरुले धेरै आयोजनाको जिम्मा लिने र अलपत्र पार्ने खालको प्रवृत्ती रहेको भन्दै अब भुक्तानीमा ढिलाई नहुने प्रतिबद्धता व्यक्त गरेका छन् ।
‘अर्थ मन्त्रालयबाट निर्माण व्यवसायीहरुको बक्यौता रकम भुक्तानीको लागि बजेट आइसकेको छ । एक दुई दिनभित्र भुक्तानी हुन्छ।’, उनले भने ।
नेपालमा विकास निर्माणका कार्यहरु प्रभावकारी ढंगले अघि बढ्न नसकेको भन्दै नियम कानुन समेत संशोधनको आवश्यकता रहेकाले सरकार यस कार्यमा अग्रसर भएर लागेको पनि जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
मन पर्यो (१००%)
मन परेन (०%)
तटस्थ (०%)
रिस उठ्यो(०%)












प्रतिक्रिया दिनुहोस्