images
images
images

राजस्थानमा ट्याङ्कर दुर्घटनामा मृत्यु हुनेको सङ्ख्या ९ पुग्यो

images

पूर्वाधार वाच, जयपुर ।

राजस्थानको जयपुर–अजमेर राजमार्गमा रहेको भाङ्करोटा प्रहरी चौकी क्षेत्रमा भएको ट्याङ्कर विस्फोटमा मृत्यु हुनेको सङ्ख्या नौ पुगेको छ ।

‘यस घटनामा अहिलेसम्म ९ जनाको मृत्यु भएको छ ।

जसमध्ये ८ जनाको एसएमएस अस्पतालमा र एक जनाको जयपुरिया अस्पतालमा मृत्यु भएको हो ।’

जयपुरको सवाई मानसिंह अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डाक्टर दीपक महेश्वरीले बीबीसी हिन्दीलाई भनेका छन् ।

घटनामा जलेका घाइतेहरूलाई जयपुरको सवाई मानसिंह अस्पतालमा भर्ना गरेर उपचार भइरहेको बताइएको छ ।

शुक्रबार बिहान करिब ६ बजे ग्यासले भरिएको ट्याङ्करमा विस्फोट हुँदा यो दुर्घटना भएको थियो ।

प्रारम्भिक जानकारीका अनुसार ट्रकसँग ठोक्किएपछि ट्याङ्करमा विस्फोट भएको थियो ।

यस क्रममा ३० भन्दा बढी गाडीमा आगलागी भएको थियो । दुर्घटनामा एउटा बस पनि पूर्णरुपमा जलेको छ ।

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

मन पर्‍यो (१००%)

मन परेन (०%)

तटस्थ (०%)

रिस उठ्यो(०%)

प्रतिक्रिया दिनुहोस्