पूर्वाधार वाच, काठमाडौं ।
नेपाल पूर्वाधार पत्रकार समाजको कार्यसमिति सदस्यमा ‘पूर्वाधार वाच’कर्मी विष्णु रैगाईं निर्विरोध निर्वाचित भएका छन् ।
शुक्रबार राजधानीमा सम्पन्न समाजको दोस्रो अधिवेशनबाट पूर्वाधार वाचका कार्यकारी सम्पादक रैगाईं कार्यसमिति सदस्यमा निर्वाचित भएका हुन् । ११ सदस्यीय कार्यसमितिमा पत्रकार रैगाईं अघिल्लो कार्यकालमा समेत कार्यसमिति सदस्य थिए ।
कैलालीस्थित धनगढीको रेडियो सुदूर सन्देशबाट एक दशकअघि पत्रकारिता सुरु गरेका रैगाईंले नेपालकै अग्रणी समाचार संस्था नेपाल समाचार पत्र राष्ट्रिय दैनिकको अनलाइन संस्करण न्यूज अफ नेपाल डटकमको संयोजकको जिम्मेवारी कुशलतापूर्वक निर्वाह गरिसकेका छन् ।
शहरी विकास मन्त्रालयमा प्रेस संयोजकको जिम्मेवारी सम्हालिसकेका रैगाईं नेपाल टेलिभिजनबाट प्रसारण हुँदै आएको कार्यक्रम ‘पूर्वाधार परिवेश’का पूर्वसहनिर्देशक समेत हुन् ।
यस्तै उनले स्पेस फोरके टेलिभिजनबाट ‘पूर्वाधार निगरानी’ नामक कार्यक्रम समेत सञ्चालन गरेका थिए । पछिल्लो समय पूर्वाधार वाच डटकमको कार्यकारी सम्पादकको जिम्मेवारीमा रहेका रैगाईं पूर्वाधार वाच नामक टेलिभिजन कार्यक्रम सञ्चालनको तयारीमा रहेको बताउँछन् ।
पूर्वाधार र वातारण पत्रकारितामा विशेष रुचि राख्ने पत्रकार रैगाईंले समसामियक विषयमा समेत कलम चलाउँदै आएका छन् ।
नेपाल पूर्वाधार पत्रकार समाज पूर्वाधार क्षेत्रमा कलम चलाइरहेका पत्रकारहरुको स्वतन्त्र संस्था हो । समाजले नयाँ कार्यसममितिमा सबै पदमा सर्वसम्मत नेतृत्व चयन गरेको हो ।
समाजको अध्यक्षमा अन्नपूर्ण पाेष्ट राष्ट्रिय दैनिककी सुनिता कार्की कोइराला निर्विरोध निर्वाचित भएकी छन् । उपाध्यक्षमा कान्तिपुर राष्ट्रिय दैनिकका विमल खतिवडा, सचिवमा क्लिकमाण्डु डटकमका दिनेश खड्का निर्वाचित भएको निर्वाचन समितिका संयोजक भीम गौतमले जानकारी दिए ।
यस्तै सहसचिवमा न्यूज एजेन्सी नेपालका प्रशन्न ढुंगाना, कोषाध्यक्षमा अभियान दैनिककी हिमा विश्वकर्मा निर्विरोध चुनिएका छन् ।
सदस्यहरुमा पूर्वाधार वाच डटकमका विष्णु रैगाई, प्राइम टाइम्स टेलिभिजनका आशुतोष अर्याल, क्यापिटल नेपाल डटकमकी सर्मिला न्यौपाने, नेपाल पूर्वाधार डटकमकी धना ढकाल, इक्युटी नेपाल डटकमका निर्दोष घोरसाइने, नयाँ पत्रिका दैनिकका पवन तिमिल्सिना चयन भएका छन् ।
अघिल्लो कार्यकालमा समाजको अध्यक्ष जीवन बस्नेत रहेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
मन पर्यो (१००%)
मन परेन (०%)
तटस्थ (०%)
रिस उठ्यो(०%)












प्रतिक्रिया दिनुहोस्